काठमाडौँ — दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ) खर्च हुन्छ ।
‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपीएस कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’ नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले दुईपटक अवार्ड दिइसकेको छ । ‘हाम्रो कार्यसम्पादन चुस्त छ । सबै निर्धारीत प्रणालीअनुसार कामदार भर्ना हुन्छ । कामदार भर्ना प्रक्रियामा तेस्रो पक्ष (एजेन्ट) को संलग्नता पनि छैन,’ ती अधिकारीले भने, ‘पारदर्शीपूर्ण कामबाट कोरिया सरकारले कोटा पनि बढाउँदै लगेको देखिन्छ । यसले युवापुस्ताका लागि थप अवसर सिर्जना भएको छ ।’
कोरिया जाने युवाले मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सन् २०१८ मा ८ हजार ५ सय ११ जना नेपाली पठाइएको थियो । गएको वर्षदेखि कोरियामा गई काम गरी फर्किआएकाहरूलाई कम्युटरमा आधारित परीक्षा (सीबीटी) बाट लिन थालेको छ ।
सीबीटीबाट १२ सय कामदार गइसकेका छन् ।
‘सीबीटीका लागि कोटा निर्धारण गरिएको छैन । कोरियाबाट फर्केकालाई पुनः जान अवसर दिइएको छ,’ ईपीएस शाखाका प्रमुख कृष्ण खनालले कान्तिपुरसँग भने । पहिलो पटक छनोट भएका कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् ।
उनले कामदार र रोजगारदाताबीच भएको सम्झौताअनुसार काम र तलबको सुनिश्चित भएकाले कोरिया कामदारका लागि सुरक्षित गन्तव्य बनेको बताए । ‘नेपालमा गरिएको करारपत्रले वैधानिकता पाइनेछ । कामदारले तीन पटकसम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था छ,’ उनले भने, ‘बासस्थान सुविधाजनक छ । सम्झौताअनुसार कामदारका अधिकारहरू स्थापित हुन्छन् ।’
उनले नेपाली कामदारको गैरकानुनी भएर बस्ने संख्या अन्य देशको तुलनामा निकै कम रहेको बताए । नेपाली दूतावासका अनुसार झन्डै २६ सय नेपाली गैरकानुनी हैसियतमा कार्यरत छन् । १० वर्षको अवधिमा एक सय ६५ जना नेपालीको भने मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस