सोल – दक्षिण कोरियाले एसियाको बिभिन्न १६ देशबाट इपिएस रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रवासी मजदुरहरु लाने गरेको छ । यसरी लाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्यक बर्ष तोक्ने गर्दछ । २०१८ मा कोरियन सरकारले लाने प्रवासी मजदुर कोटा आज बसेको (डिसेम्बर १५ ) प्रवासी मजदुर कोटा निर्धारण समितिको बैठकले निर्धारण गरेको छ ।
कोटा निर्धारण समितिमा सरकारको तर्फबाट १२ जना ,मजदुर संगठनबाट २ जना ,कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि जम्मा २१ जना सदस्य रहने ब्यबस्थाछ । मजदुर संगठनबाट कोरियन प्रजातान्त्रिक मजदुर महासघ (केसिटियु) र एफकेटियुको सदस्य सहभागी हुनेछन ।
समितिले २०१८ कोलागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । यो ५६ हजार कोटा शंख्य मध्ये ४५ हजार नया (पिबिटी) प्रवासी मजदुर लैजाने छ भने ११ हजार कमिटेड र बिशेष कोरियन भाषा परिक्षा उतिर्ण भएको प्रवासी मजदुर(सिबिटी) लैजाने भनि निर्णय गरेकोछ ।
कुन कुन क्षेत्रमा कति प्रवासी मजदुरको कोटा निर्धारण गरिएको छ ? तलको तालिका हेर्नुहोला :-
२०१८ मा अदक्ष प्रवासी मजदुर (ई ९ ) नया र पुन प्रवेश गर्नेको क्षेत्र र संख्या बिभाजन
जम्मा संख्या = ५६,००० (५४,००० + २००० )
उत्पादन = ४२,३००
कृषि तथा पशुपालन = ६,६००
मत्स्यपालन = २,६००
निर्माण=२,४००
सेवा = १००
नयाँजम्मा = ४५,००० (४३,००० +२००० )
उत्पादन =३२,२५०
कृषि तथा पशुपालन = ५,८७०
मत्स्यपालन= २,४००
निर्माण = २,३९०
सेवा = ९०
पुन प्रवेश जम्मा = ११,०००
उत्पादन = १०,०५०
कृषि तथा पशुपालन= ७३०
मत्स्यपालन = २००
निर्माण = १०
सेवा = १०
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन कुन महिनामा लगिन्छ छ त ? तल हेर्नुहोला
नयाँ प्रवासी मजदुरलाई लाने संख्या र समय
उत्पादन = ३२,२५०
कृषि तथा पशुपालन = ५,८७०
मत्स्यपालन = २,४००
निर्माण =२,३९०
सेवा = ९०
शंख्या ४३,००० +२०००
जनवरीमा जम्मा = १५,७७०
उत्पादन = ९,६००
कृषि तथा पशुपालन २,६१०
मत्स्यपालन = १,१००
निर्माण १,२२०
सेवा =४०
अप्रिलमा जम्मा = १४,५४०
उत्पादन = ९,६००
कृषि तथा पशुपालन = २,६१०
मत्स्यपालन = ७५०
निर्माण = ७३०
सेवा = ५०
जुलाईमा जम्मा = ७,५४०
उत्पादन = ६,५५०
कृषि तथा पशुपालन= —
मत्स्यपालन = ५५०
निर्माण = ४४०
सेवा = —
अक्टोबरमा जम्मा = ७,१५०
उत्पादन = ६,५००
कृषि तथा पशुपालन = ६५०
मत्स्यपालन= —
निर्माण = —
सेवा = —
यो बाहेक पुन प्रवेश गर्ने (कमिटेड र सिबिटी)प्रवासी मजदुरहरुलाई माग भए अनुसार जुनसुकै समयमा लगिने छ भनि निर्णय गरिएको छ।
प्रवासी मजदुर कोटा निर्धारण समितिले निर्धारण गरेको २०१८ को प्रवासी मजदुरको कोटा जम्मा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ अवधि पुरा गरेर जाने प्रवासी मजदुरको सख्या पूर्ति गर्नकोलागि हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याइने शंख्या हो ।
कार्य अवधि पुरा भएर स्वदेश पर्खने प्रवासी मजदुरको संख्या निम्न बमोजिम छ ।
जम्मा = ४१,३१३
उत्पादन =३५,६४९
कृषि तथा पशुपालन= ३,३८२१
मत्श्यपालन =९०१
निर्माण= ३,४२१
सेवा = ३९
(बाकी १० हजार बिना भिषा काम गरिरहेको प्रवासी मजदुरलाई पठाइने छ भनिएको छ )
यो ५६ हजार तोकिएको कोटा मध्येबाट कुन देशलाई कति कोटा दिने भन्ने निर्णय सम्बन्धित मंत्रालयसंग छलफल गरि रोजगार तथा श्रम मन्त्रालयले आउदो जनवरीमा गर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस