काठमाडौं – नेपाली कामदारको माग उच्च रहेको जनाउँदै कोरियाले आउँदो फागुनमा नवौं कोरियाली भाषा परीक्षाको आवेदन आह्वान गर्ने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदारको छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गर्न लागेको हो । फागुनमा भाषा परीक्षाको सूचना सार्वजानिक गरी जेठमा परीक्षा सञ्चालन गर्ने योजना छ ।
कोरिया सरकारले भाषा परीक्षा गर्ने तयारी गरे पनि कोटा भने निर्धारण गरेको छैन । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियाली भाषा परीक्षा पास भएका १२ हजार नेपाली युवाले रोजगार आवेदन फारम भरिरहेका बेला कोरियाले थप नेपाली लैजान इच्छा देखाएको छ । गत जेठमा संचालन गरिएको भाषा परीक्षामार्पmत १२ हजार नेपाली लैजाने जनाएको कोरियाले आफ्नो श्रम बजारको मागअनुसार लगत्तै अर्को भाषा परीक्षामार्पmत थप नेपाली छनोट गर्न लागेको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका अनुसार हाल रोजगार आवेदन दिइरहेका १२ हजार कामदारको समेत छिटो आवेदन फारम लिन कोरियाली पक्षले नेपालसँग अनुरोध गरेको छ । नेपाली पक्षले भने २०१७ को भाषा परीक्षामार्पmत हाल छनोट भएका १२ हजारभन्दा बढी नेपालीलाई पहिला लगेर मात्र अर्को परीक्षा गर्न सुझाएकोे भए पनि कोरियाले भने लगत्तै परीक्षा गर्न ईपीएस नेपाल शाखालाई अनुरोध गरेको छ । ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियामा नेपाली कामदारको माग उच्च रहेको कारण आठौं भाषा परीक्षामा अन्य १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै कामदारको माग गरेको बताए ।
कोरियाको श्रम बजारमा नेपाली कामदार मेहनती, इमान्दार र अन्य देशकाभन्दा कम अवैध रहेका कारण कोरियाली पक्ष नेपाली कामदारप्रति सकारात्मक भएको हो । शाखाका अधिकृत शोभाकर भण्डारीले रोजगार योग्य सूचि (रोष्टर)मा नेपाली कामदारको संख्या कम भएको जनाउँदै कोरियाले पास भएका १२ हजारको नामावली छिटो तयार गरेर पठाउन अनुरोध गरिएको बताए ।
रोष्टरमा नेपाली कामदारको संख्या १ हजार भन्दा कम रहेमा नयाँ रोष्टर तयार गर्नुपर्ने कोरियाली पक्षको भनाइ छ । हाल कोरिया जान रोष्टरमा लगभग ४ सय नेपालीमात्र रहेका छन । यो सन २०१५ देखि जान बाँकी रहेका नेपालीको संख्या हो । आठौं ईपीएस भाषा परीक्षामा पास भएर हाल रोजगार आवेदन दिइरहेका १२ हजार नेपालीको माग जनवरीबाट सुरु हुने जनाइएको छ ।
यसमध्ये आइतबारसम्म ४ हजारभन्दा बढीले रोजगार आवेदन फारम भरिसकेका छन् । यी १२ हजार आवेदक २०२० को जनवरीसम्म कोरिया जान सक्नेछन् । हालसम्म ४९ हजार ६ सय ४८ नेपाली ईपीएसमार्पmत रोजगारीका लागि कोरिया गइसकेका छन् । यसमध्ये महिला कामदारको संख्या ३ हजार भन्दा बढी छ ।
कोरियाले नेपाली कामदारको माग बढाउँदै लैजाने भएपछि अर्को वर्षदेखि रोजगार आवेदन फारम आंशिक रुपमा अनलाइनमार्पmत गर्ने योजना ईपीएस शाखाको छ । रोजगार आवेदनका लागि कामदारको सुविधा र भिडभाड कम गर्न रोजगार आवेदन पनि अनलाईन मार्पmत गर्ने तयारी गरिएको शाखाको भनाइ छ । (कारोबार दैनिकबाट)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस