काठमाडौं – इपिएस कोरिया शाखाले आठौं कोरियन भाषा परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र प्रस्ताव गरेको छ । मानव संसाधन विकास (एचआरडी) कोरियामा प्रस्तावित परीक्षा केन्द्रको नामावली पठाइएको शाखाले जनाएको छ ।
शाखाले बाग्मती बोर्डिङ स्कुल सुकेधारा, एलआरआइ उच्च मावि कलंकी, एनके सिंह मेमोरियल इपिएस स्कुल मिनभवन, भिएस निकेतन स्कुल मिनभवन, लेब्रोटरी उच्च मावि किर्तिपुर, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तिसपुतली, हिमालय उच्च मावि तथा कलेज कोटेश्वर, हिमालयन ह्वाइट हाउस कलेज तिनकुने, नोवेल कलेज वानेश्वर, किष्ट कलेज कमलपोखरी, रेगन कलेज सामाखुशी, टाइम्स इन्टरनेशनल कलेज डिल्लिबजार, ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लिबजारलाई परीक्षा केन्द्रका रुपमा प्रस्ताव गरेको छ ।
यस्तै, युनिभर्सल कलेज मैतिदेवी, भिएस निकेतन कलेज तिनकुने, जेभियर इन्टरनेशनल कलेज कालोपुल, जेभियर इन्टरनेशनल स्कुल बौद्ध, रेडियन्ट स्कुल सानेपा, जेम्स उच्च मावि धापाखेल, लिटिल एन्जल्स स्कुल हात्तिवन, मोलिस कलेज कुमारीपाटी, क्यास्पियन भ्याली कलेज कुमारीपाटी, आइडियल मोडल स्कुल धोविघाट, लिटिल एन्जल्स कलेज हात्तिवन, पिनाकल एकेडेमी लगनखेल, एसियन इस्टिच्युट अफ टेक्नोलोजी म्यानेजमेन्ट खुमलटार प्रस्तावित परीक्षा केन्द्र रहेका छन् ।
आउँदो जेठ २७ र २८ गते हुने भाषा परीक्षाका लागि केन्द्र प्रस्ताव भएपनि सिट प्लान भने एचआरडी कोरियाले तय गर्ने शाखाका अधिकृत शोभाकर भण्डारीले बताउनुभयो । शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । यसपटक कोरियन भाषा परीक्षामा सहभागीहुन ७५ हजार पाँच सय ८३ जनाले आवदेन दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस