काठमाडौँ – कोरियन भाषा परीक्षामा सहभागी हुन तीन दिनमा २९ हजार जनाले आवेदन भरेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षामा उत्तीर्ण हुनुपर्ने भएका कारण तीन दिनको अवधिमा २९ हजारको आवेदन परेको हो ।
वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपीएस कोरिया शाखाले अनलाइनमार्फत फारम भर्न मिल्ने गरी चैत ९ गते देखि भाषा परीक्षाको आवेदन खुलाएको छ ।
२१ हजार १६ जनाले कृषि तथा पशुपालनका लागि र ८ हजार ३७ जनाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन भरेको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिएका छन् ।
अनलाइनमार्फत फाराम भर्नुअघि परीक्षा दस्तुर बुझाउनुपर्ने व्यवस्था छ । परीक्षा दस्तुर बुझाउनका लागि भने बैंकमा आवेदकहरुको लाइन लागेको छ ।
बैंकमा लाइन लागेपनि अनलाइनको व्यवस्थाले आवेदकहरुलाई निकै सहयोग पुगेको ईपीएस कोरिया शाखाको दाबी छ । पहिलोपटक अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरिएका कारण कतिपय आवेदन फाराममा त्रुटी भेटिएको छ ।
एउटाको फाराममा अर्कैको फोटो राखेको, पासपोर्ट नम्बर गलत राखेको, जन्ममिति नमिलेको, इमेल ठेगाना गलत भएको लगायतका त्रुटी फेला परेपछि ईपीएस कोरिया शाखाले त्रुटी सच्याउन चैत २५ गतेसम्मको समय दिने निर्णय गरेको छ ।
भाषा परीक्षाका लागि आवेदन भर्ने म्याद चैत १८ गतेसम्म रहेको छ । दक्षिण कोरियाले यो पटक कृषि तथा पशुपालनतर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार लाने बताएको छ ।
आवेदकहरु धेरै हुने भएकाले अनलाइनमार्फत फारम भर्ने व्यवस्था मिलाइएपछि यो पटक करिब ८० हजार जनाले आवेदन भर्ने इपीएस कोरिया शाखाको अनुमान छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस