काठमाडौं-नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरियाले रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि चैतमा कोरियन भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ ।
परीक्षाका लागि आवेदन दिन अनलाइन प्रणालीको व्यवस्था गरिएको छ । संकलन केन्द्रमा लामो लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अनलाइन प्रणालीको व्यवस्था गरिएको बताइएको छ ।
कोरियाले नेपाली युवालाई आफ्नो देशका साना तथा मझौला उद्योगमा रोजगारीका लागि बर्सेनि कोरियन भाषा परीक्षा सञ्चालन गर्दै आएको छ ।
जेठको अन्तिम साता परीक्षा सञ्चालन गर्ने योजनाअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षाको आवेदन चैत अन्तिम सातामा आह्वान गर्ने तयारी रहेकोे ईपीएस शाखाले जनाएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा सञ्चालन गर्न कोरियाको मानव संसाधन बोर्ड (एचआरडी) लाई प्रस्ताव पठाएको छ ।
“चैतमा परीक्षाको आवेदन लिने र जेठको अन्तिम साता परीक्षा सञ्चालन गर्ने योजना नेपाली पक्षको भएपछि एचआरडीलाई प्रस्ताव पठाएका छौं,” ईपीएस शाखा नेपालका अधिकृत शोभाकर भण्डारीले कारोबारसँग भने, “यो वर्ष भाषा परीक्षाका लागि अनलाइन प्रणाली विकास गरिएकाले आवेदन दिन संकलन केन्द्रमा लाइन बस्नु पर्दैन ।”
कोरिया सरकारले ईपीएसअन्तर्गत कामदार माग गरिरहेका १६ देशमा पनि यही समयमा परीक्षाको आवेदन र परीक्षा सञ्चालन गर्ने गरेको छ । यसअघि कोरियन भाषा परीक्षाको आवेदन पेस गर्न २४ घण्टाभन्दा बढी लाइन बस्नुपर्ने अवस्था थियो ।
लामो समय फर्म भर्नका लागि लाइनमा बसेका कतिपय युवा बेहोस् हुने गरेकाले शाखाले यो वर्षदेखि घरमै बसेर फर्म भर्न सक्ने गरी अनलाइनको व्यवस्था गर्ने भएको हो । अनलाइन आवेदन दिन सरकारले सम्पूर्ण प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ ।
कोरियन भाषा परीक्षाका लागि गत वर्ष ६० हजार युवाले ४ दिन लागाएर आवेदन दिएका थिए । यो वर्ष पनि सोही संख्यामा बेरोजगार युवाले आवेदन दिन सक्ने अनुमानसहित नेपाल पक्षले सम्पूर्ण तयारी पूरा गरेको छ ।
अघिल्ला वर्ष कोरियन भाषा परीक्षाका लागि देशका विभिन्न ५ क्षेत्रबाट आवेदन फर्म संकलन गरिएको थियो भने परीक्षा काठमाडौं र पोखरामा मात्र सञ्चालन गरिएको थियो । कोरियामा हाल ४० हजारभन्दा बढी नेपाली कृषि तथा उत्पादनमूलक क्षेत्रमा कार्यरत छन् ।
कोरिया सरकारले विदेशी कामदारलाई कोरियन कामदार सरह तलब र अन्य श्रमिक सुविधा दिने गरेका कारण नेपाली कामदारको पहिलो रोजाइ कोरिया रहँदै आएको छ ।
कोरियामा हाल नेपाली कामदार मासिक १३ लाख कोरियन वन अर्थात् लगभग १ लाख २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । कोरियामा १६ देशका कामदारमध्ये नेपाली कामदारको कार्यक्षमता उच्च रहेका कारण मागसमेत बढ्दै गएको शाखाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस