काठमाडौं-इपिएस कोरिया शाखाले २०७४ सालको असार पहिलो हप्ता कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार परीक्षाका लागि प्रारम्भिक तालिका तयार गरिएको छ । परीक्षा तालिकामा एचआरडी कोरियासँग छलफल गरिने छ । तालिका स्वीकृत भए सोही अनुसार परीक्षा सञ्चालन हुनेछ ।
शाखाले फागुनको दोश्रो हप्ता सुचना जारी गर्ने र चैतको दोश्रो हप्ता भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको छ । यस वर्षदेखि आवेदन अनलाइनबाटै लिने तयारी गरिएको छ ।
गएको वर्षदेखि नै अनलाइनबाट फारम भर्ने तयारी गरिएपनि अन्तिममा रद्द गरिएको थियो । अनलाइन आवेदनका लागि अहिले सफ्टवेयर तयारी अवस्थामा रहेको इपिएस कोरिया शाखाले जनाएको छ ।
असारमै परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यस्तै भदौ दोश्रो हप्ता स्किल टेष्ट लिइनेछ । अनलाइन परीक्षाका लागि पाँच वटा हल बनाइने एचआरडी कोरियाले सन् २०१९ जनवरीदेखि भाषा परिक्षा अनलाइनबाटै लिने निर्णय गरेपछि नेपालमा पाँचवटा सिबिटी हल निर्माण गरिने भएको छ ।
निर्देशक खतिवडाका अनुसार इपिएस शाखाले केही दिन भीत्रैमा सिबिटी हल निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने तयारी गरेको छ । झण्डै दुई वर्षमा हल निर्माण पूरा गर्ने प्राविधिकले जनाएका छन् । अनलाइन प्रणालीमा परीक्षा सञ्चालन भएपछि परिक्षार्थीले तत्काल आफ्नो नतिजा हेर्न सक्नेछन् ।-उज्यालो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस