सोल – ईपिएस मार्फत कोरिया आएर फर्केका कामदारका लागी तीन-तीन महिनामा लिईने सीबीटी परिक्षा २०१८ मा खुल्ने निश्तित रहेको एचआरडी कोरियाका काउन्सलर श्याम खडकाले जानकारी दिए |
२०१६ को सिबिटी परिक्षा पास गरेर बसेका र कम्पनि परिबर्तन नगरी सोहि कम्पनिमा आउन पाउने सुबिधा कमिटेड वर्कर अन्तर्गत २०१७ मा आउन सक्ने सम्भावित श्रमिकको संख्या जम्मा गर्दा उक्त संख्यासंग मिल्न जाने हुदा २०१७ को लागि सिबिटी परिक्षा स्थगित गरिएको पनि उनले बताए |
कोरियाको कार्यकाल पुरा गरि पुन आउन पाउने सुबिधा सिबिटी र कमिटेड वर्करको लागि २०१७ लागि १३ हजार कोटा छुट्टाईएको छ |
अहिले स्थगन गरिएको सिबिटी परिक्षाको बारेमा छलफल गर्न एक प्रतिनिधि मण्डल कोरिया आउन लागेको ईपीएस कार्यालय ग्वार्कोका निर्देशक बाबुराम खतिवडाले हटपाटीसंग टेलिफोनमा कुराकानी गर्दै जानकारी दिए | पिबिटी परिक्षा यस बर्ष पनि खुल्ने निश्चित रहेको खतिवडाले प्रष्ट पारे |
२०१७ को लागि उत्पादनमुलक क्षेत्र तर्फ ४२ ,३००, कृषि तर्फ ६, ६००, फिसिङ तर्फ २,६००, कन्ट्रक्सन तर्फ २, ४०० र सेवामुलक तर्फ १०० गरि जम्मा ५४ हजार र आवश्यकता अनुसार सबै क्षेत्रमा थप्न मिल्ने गरि २,००० गरेर कुल ५६ हजार कोटा छुट्टाईएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस