कोरियामा प्रवाशी कामदार भित्राउने ईपिएस प्रणालीको (रोजगार अनुमति व्यवस्था) शुरुवात २००४ को अगस्त महिनाबाट भएको हो र २०१६ को अगस्त महिनामा यस पद्धतिले १२ बर्ष पूरा गरेकोछ । कोरियाली साना तथा मझौला कम्पनीहरुमा कामदारको कमीलाई हटाउन यो प्रणालीको शुरुवात गरिएको हो । हाल कोरियामा करीब ४० हजार नेपालीहरु आप्रवासी कामदारको रुपमा कार्यरत रहेका छन् । कोरियाका एक अत्यन्तै अनुशासित देश हो तर यति हुदा हुदै पनि कोरियाली कम्पनी तथा कृषि फर्महरुमा कार्यरत कैयन् प्रवाशी कामदारहरु कार्यस्थलमा दुरव्यवहारमा पर्ने गरेको मैले पाएको छ, । कतिपय कम्पनीमा मारपिट गर्ने मात्रै होईन, रात्रीको समयमा कोठाबाट निकाल्ने, सर सामान फाली दिने ईत्यादि समेत भएको पाएको छु । यस सम्बन्धमा कोरियमा मेरो अनुभवको आधारमा केही टिप्स ईपिएस कामदारहरुका लागि प्रस्तुत गर्न चाहन्छु ।
कार्यस्थलमा दुर्रव्यवहार के हो ?
आफू कार्यरत कम्पनीमा कामदारलाई कोही कसैले शारिरीक, मानसिक वा अन्य कुनै प्रकारले दुर्रव्यवहार गर्दछ भने त्यसलाई कार्यस्थल दुर्रव्यवहार भनिन्छ । यस अन्र्तगत कसैलाई शारिरीक रुपमा हातपात गर्नु, हिर्काउनु, चोटपटक लगाउनु ईत्यादि पर्दछन् । व्यापक अर्थमा यस अन्र्तगत शारिरीक मात्र नभएर मानसिक रुपमा प्रतडित गर्नु, जिस्काउनु, अवहेलना गर्नु समेत पर्दछन् ।
कार्यस्थलमा दुर्रव्यवहार भए के गर्ने ?
कोरियाली श्रम कानूनले कार्यस्थल दुरव्यवहारलाई दण्डनीय अपराधको रुपमा लिएको छ । कोही कसैले पनि कार्यस्थल लगायत अन्य कुनै पनि स्थलमा दुर्रव्यवहार गर्न पाउदैन् । जस्तो सुकै परिस्थितिमा पनि कार्यस्थल दुरव्यवहारलाई कानूनको दायरामा ल्याउनु पर्छ । तर बिर्सन नहुने कुरा के हो भने कार्यस्थलमा दुर्रव्यवहार भएको कुरालाई प्रमाणले पुष्टि गर्नु पर्छ । यसकालागि निम्न सर्तकता अपनाउनु बेस हुनेछ ।
१. कोही कसैले आफूलाई कार्यस्थलमा दुर्रव्यवहार गरेमा त्यसको प्रमाण सुरक्षित राख्ने । यस्ता प्रमाणहरुमा चोटपटकको घाउ, सिसिटिभिको फुटेज, वा मोबाईलबाट फोटो वा भिडियो लिने ।
२. कार्यस्थलमा दुर्रव्यवहार भएमा तुरुन्त प्रहरी चौकीमा गएर रिर्पाेट लेखाउने । भाषा सम्बन्धी समस्या भए नजिकको माईग्ेन्ट सर्पोट सेन्टर वा यस्तै अन्य संस्था लगायत नेपाली राजदूतावासको समेत सहयोग लिन सकिन्छ ।
३. रातको समयमा यस्तो दुर्रव्यवहार भएमा वा वा तत्काल सहयोग नपाए जिउ ज्यान नै जाने अवस्था भएमा ११२ अर्थात् ईल ईल ई मा फोन गरेर पनि कार्यस्थलमा प्रहरी बोलाउन सकिन्छ । प्रहरीलाई आफनो स्थानको अवस्थिति दिन भाषाको कठिनाई हुने हुनाले आफनो कम्पनीको नाम तथा ठेगानालाई कोरियन भाषामा उच्चारण हुने गरी नेपालीमा लेखेर राख्नु बेस हुन्छ ।
४. प्रहरीमा आफनो बयान दिंदा नहडबडाई पूर्ण विवरण दिने । प्रहरीले दुर्रव्यवहार गर्ने व्यक्तिलाई के गर्ने भनि सोधेको खण्डमा“ कानून बमोजिम दण्ड दिने” भनेर बयान दिनु उपयुक्त हुन्छ अन्यथा मुद्धा फितलो हुने संभावना रहेको समेत मैले पाएको छ, ।
५. प्रहरीले तारेख दिई बोलाएको दिनमा ठिक समयमा पुग्ने तथा आफनो बयान तथा उपस्थिति जनाउने ।
६. दुर्रव्यवहार नभएको खण्डमा पनि दुर्रव्यवहार भएको भनि झुठो उजुरी दिनेलाई उल्टो कारवाही हुने हुनाले यस्तो झुठो कार्य नगर्नू हुन पनि मेरो सुझाव छ ।
७. कार्यस्थलमा दुर्रव्यवहार भएको प्रमाणित भएमा त्यसतो दुर्रव्यवहार गर्नेलाई ( पीडकलाई) आर्थिक तथा कैद लगायत आप्रवासी भए डिपोर्ट गर्ने समेत गरिन्छ । कम्पनी मालिकले त्यस्तो गरेको प्रमाणित भएमा तथा सोही कम्पनीमा कार्यरत रहेको अवस्थामा भविष्यमा पनि जिउ ज्यानको खतरा हुने भएको प्रहरीलाई महसुस भएमा पिडितलाई कम्पनी परिवर्तनको रोजाई समेत प्राप्त हुन सक्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस