कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्षका उम्मेद्वार राजेन्द्र कुमार (आर.के) शर्माले आफ्नो कार्य योजनासहित २४ महिने कार्यकालमा २४ बाचा समेटेर बाचापत्र सार्वजनिक गरेका छन् ।
कतारको राजधानी दोहास्थित (याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन् ।“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे ।
शर्माले जारी गरेको बाचापत्रमा गैरआवासीय नेपाली (एनआरएन) हरुबीचको एकतालाई पहिलो प्राथमिकता दिईएको छ ।
उनले आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने दाबी गरेका छन् । उनको दोस्रो बाचा वैदेशिक रोजगार र कामदारको सुरक्षासँग सम्बन्धित छ ।
दोस्रो बाचापत्रमा भनिएको छ, “बैदेशिक रोजगारीमा जानेको संख्या घटीहाल्ने स्थिति छैन । त्यसैले, सरोकारवाला निकायसँग समन्वय गरी वैदेशिक रोजगारीमा जानेहरुलाई सिप सिकेर जानका लागि प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने छ ।”
पछिल्लो समय बैदेशिक रोजगारको गन्तव्य मुलुकका सम्भावना बोकेका देशहरुसँग श्रम सम्झौता गर्न पहल गरिने, भाषा र स्वास्थ्यको अज्ञानताको कारण समस्यामा परेका श्रमिकहरुलाई कानुन र आधारभूत स्वास्थ्यको जानकारी निःशुल्क दिने व्यवस्था मिलाइने उनको बाचापत्रमा उल्लेख छ ।
उनको तेस्रो बाचा श्रमिक कामदारहरुको आर्थिक स्थिति सुधार्ने विषयसँग सम्बन्धित छ । विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने, साधारण शेयर (आइपीओ) मा आरक्षण दिएर श्रमिकहरुलाई बचत गर्न प्रोत्साहन गर्ने लगायतका कार्य योजनाहरु शर्माले अघि सारेका छन् ।
चौथो बाचा विप्रेषण (रेमिट्यान्स) सँग सम्बन्धित छ । रेमिट्यान्सलाई उत्पादनमुलक उद्योग व्यवसायमा लगानी गर्न प्रोत्साहित गर्ने, स्वदेशमा विद्युत् खपत बढाउने, विदेशी संस्थाहरुको डाटा सेन्टर खोल्ने र मलकारखाना स्थापना गर्ने व्यवस्था मिलाउनका लागि विशेष पहल गर्ने लगायतका प्राथमिकताहरु शर्माको छ ।

उनको अर्को महत्वपूर्ण बाचा भनेको गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने रहेको छ ।
बाचापत्रमा भनिएको छ, “औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न, पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउनका लागि पहल गरिनेछ ।
यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउनका लागि पनि पहल गरिनेछ ।”
त्यस्तै छैठौं बाचा एनआरएनएको सांगठनिक पुनर्संरचना गर्ने विषयसँग सम्बन्धित छ । त्यसैगरी मानव संशाधनको विकास तथा सबलीकरण र संस्थागत सुशासन क्रमशः सातौं र आठौं बाचाहरु हुन् । नवौं बाचामा निर्वाचन प्रणालीमा सुधार गर्ने रहेको छ ।
नवौं बाचापत्रमा भनिएको छ, “गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्देखि अन्तराष्ट्रिय समन्वय परिषद् सम्मको निर्वाचन निकै खर्चिलो र भड्किलो हुने गरेको अनुभव गरिएको छ । सूचना तथा प्रविधिको उच्चतम् प्रयोग गर्ने व्यवस्था मिलाई उक्त प्रचलन र प्रणालीमा सुधार गरिनेछ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अहिले डेलिगेट्सबाट नेतृत्व चयन हुने गरेकामा त्यसलाई पञ्जीकृत सदस्यले चुन्ने व्यवस्था गराइने छ ।”
शर्माको बाह्रौं बाचा नेपाली वस्तुको प्रबद्र्धनमा जोड दिई निर्यात बढाउने रहेको छ । तेह्रौं बाचा गैरआवासीय नेपालीहरुको हकहितसँग सम्बन्धित रहेको छ । बंशजको नागरिकताको निरन्तरताको लागि पहल गरिने उनको तेह्रौं बाचा हो ।
देशको विकासको लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने शर्माको दशौं बाचा हो । उनको एघारौं बाचामा सूचना तथा प्रविधिको अधिकतम् प्रयोग गरी विकास र समृद्धि हासिल गर्न विभिन्न योजनाहरु ल्याईने रहेको छ ।
विदेशका सफल कम्पनी र लगानीकर्तालाई नेपालमा लगानी गरी सफ्टवेयर निर्यात गर्ने कार्य गर्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र आइटी क्षेत्रमा लगानी भित्र्याउनको लागि यस सम्बन्धी छुट्टै विज्ञ सम्मेलन गरिने उनको कार्य योजना छ ।

चौधौं बाचामा गैरआवासीय अभियानमा दोस्रो पुस्तालाई जोड्ने र दोस्रो पुस्ताबीच एक आपसमा अन्तक्र्रिया गराउने रहेको छ ।
पन्ध्रौं बाचामा नेपाली भाषा तथा सीपको प्रबद्र्धन र जगेर्ना गर्ने रहेको छ । सोह्रौं बाचामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)लाई बलियो र अधिकारसम्पन्न गराउने उल्लेख छ ।
शर्माको अर्को महत्वपूर्ण बाचा भनेको सत्रौं बाचा पनि हो । उनले विदेशमा आर्जेको ज्ञान, सीप र पुँजीलाई राष्ट्र विकासमा परिचालन गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरुमा एनआरएनए समन्वय विभागको छुट्टै व्यवस्था गर्न गराउनका लागि विशेष पहल गर्ने बताएका छन् ।
नेपालको पर्यटन प्रबद्र्धन गर्ने विषयसँग सम्बन्धित बाचा अठारौं रहेको छ । त्यस्तै विदेशबाट फर्किनेलाई स्वरोजगार कार्यक्रममा आबद्ध गराउन पहल गर्ने उनको उन्नाईसौं बाचा हो ।
बीसौं बाचामा गैरआवासीय अभियानमा लागेका अग्रजलाई सम्मान, युवा परिचालन र विज्ञबाट ज्ञान हासिल गर्ने रहेको छ ।
नेपालको पर्यटन प्रबद्र्धन गर्ने विषयसँग सम्बन्धित बाचा अठारौं रहेको छ । त्यस्तै विदेशबाट फर्किनेलाई स्वरोजगार कार्यक्रममा आबद्ध गराउन पहल गर्ने उनको उन्नाईसौं बाचा हो । बीसौं बाचामा गैरआवासीय अभियानमा लागेका अग्रजलाई सम्मान, युवा परिचालन र विज्ञबाट ज्ञान हासिल गर्ने रहेको छ ।
एक्काईसौं बाचामा ‘नेपाली धन, स्वदेशी श्रम, अबको उद्यम’ कार्यक्रम लागू गर्न पहल गर्ने, बाईसौं बाचामा एनआरएनएमा महिला सहभागिता बढाउने र महिला सशक्तिकरणका कार्यक्रमहरु ल्याउने रहेको छ ।
तेईसौं बाचामा प्रभावकारी सञ्चार व्यवस्थापन तथा सम्बन्ध विस्तार कार्यक्रम रहेको छ भने अन्तिम तथा चौबिसौं बाचामा योजनाबद्ध कार्यक्रम कार्यान्वयन र कार्यसम्पादन मूल्यांकन गर्ने भन्ने रहेको छ ।
यस बाचापत्रमा भनिएको छ, “आइसिसीको चुनाव सकिने बित्तिकै हरेक कार्यक्रम लागू गर्नका लागि शुरु मिति र कार्यक्रम सम्पन्न हुने अन्तिम मिति सहितको समय तालिका र ‘कार्यसम्पादन सूचक’ उल्लेख गरिएको योजना बनाइनेछ ।
कार्यक्रम कार्यान्वयन गर्नका लागि एकल वा संयुक्त रुपमा जिम्मेवार हुने गरी कर्मचारी वा पदाधिकारी वा कार्यसमिति सदस्यलाई जिम्मेवारी तोकिनेछ ।”
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्षका उम्मेद्वार राजेन्द्र कुमार (आर.के) शर्माले आफ्नो कार्य योजनासहित २४ महिने कार्यकालमा २४ बाचा समेटेर बाचापत्र सार्वजनिक गरेका छन् ।
कतारको राजधानी दोहास्थित (याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन् ।
“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे ।

२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस