सोल-नेकपा माओबादी केन्द्र समर्थित पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर दक्षिण कोरियाको पहिलो सम्मेलनबाट भोज रानाको नेतृत्वमा १२ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन भएको छ।
राजधानी सोलको डिआर ईन्टनेशनल हलमा भएको सम्मेलनबाट कोरियामा पहिलो पटक प्रेस सेन्टरको सुरुवात भएको हो।
समाजमा रहेका महिला, जनजाती, दलित,अल्पसंख्यक, मुस्लिम, आदिबासी उत्पीडित तथा श्रमजीवीहरुको आवाजलाई बुलन्द गर्दै स्वतन्त्र र जनपक्षीय पत्रकारितामा आफुलाई जोड्ने क्रममा प्रेस सेन्टर दक्षिण कोरिया आईपुगेको छ।
भोज रानाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिती सर्वसम्मत निर्माण गर्दै प्रथम सम्मेलन समापन भएको हो।
उपाध्यक्षमा पुरुषोत्तम गौतम तथा सचिबमा कृष्ण भट्टराई सहितको १२ सदस्यीय समिती चयन भएको हो।
नेपाली जनप्रतिशिल मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, बरिष्ठ उपाध्यक्ष ईश्वरकुमार कठायत, महासचिब गोबिन्द गौतम लगायत मञ्चका संरक्षक सल्लाहकारहरु , शुभचिन्तक तथा अन्य संघ सस्थाका ब्यक्तित्वहरुको बिचमा प्रेस सेन्टर दक्षिण कोरियाको पहिलो सम्मेलन समापन भएको हो।
नेकपा माओबादी केन्द्र समर्थित पत्रकारहरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा आईपर्ने सामाजिक समस्या सँग समेत हातेमालो गर्दै यहाँका बहुसंख्यक मजदुरहरुको पक्षमा कलम चलाउने प्रतिबद्धता नव निर्वाचित अध्यक्ष भोज रानाले बताए |
कार्यक्रममा चाँडै नै कोरियामा प्रेस सेन्टरले आफ्नो छुट्टै मिडिया समेत सँचालन गर्ने बताईएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस