सोल-नयाँ शक्ति नेपालको प्रवास भातृ संगठन अन्तरास्ट्रिय नेपाली समाज दक्षिण कोरियाको हस्ताक्षर अभियानमा उल्लेख्य सहभागिता भएको छ |
राज्य सन्चालनमा प्रत्यक्ष कार्यकारी राष्ट्रपती प्रमुख बनाउनु पर्ने दबाद दिनको लागि हस्ताक्षर अभियान ओनलाईनबाट सुरु गरेकोमा अहिले आएर कोरियाबाट प्रत्यक्ष रुपमा सुरु गरेको हो |
हस्ताक्षर संकलनको उदेश्य देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि वर्तमान संबिधानमा संसोधन माग वा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको लागि जनमत संग्रहबाट फैसला गर्नुपर्ने माग रहेको अन्तराष्ट्रिय नेपाली समाज कोरियाका अध्यक्ष रमेश उप्रेतीले बताए |
सम्बृद्ध नेपालको लागि स्थायी सरकार,स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित् कार्यकारीका लागि र बिदेशीको इसारामा पटक पटक प्रधानमन्त्री र सरकार स्वार्थ अनुसार परिबर्तन हुने अनि ९/९ महीने सरकार मिलीजुली खाने सिन्डिगेट परिपार्टीको अन्त र जनताले प्रत्यक्ष मत दिएर ५ वर्ष सम्म काम गर्नको लागि रहेको उप्रेतीको भनाइ छ |
कोरियाको प्रमुख शहर बुसानको किम्हेबाट सुरु प्रत्यक्ष हस्ताक्षरमा किम्हेमा २ सय ५० भन्दा माथि छिन्छनमा २ सय ९० भन्दा माथि र सोलमा २ सय ३० भन्दा बढी नेपालीले हस्ताक्षर गरेका छन् | आउदो हप्ता ख्वांग्जू, आनसान र ओइजम्बुमा पनि यो अभियान चलाईनेछ|
अभियानमा हस्ताक्षर भएको सामाग्री कोरिया स्थित नेपाली राजदुताबास मार्फत नेपाल सरकारलाई बुझाउने समाजको योजना रहेको छ|
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस