काठमाडौं- सोमबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६औं स्मृति दिवसको अवसरमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्ड हीनता’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सन्दर्भमा निष्पक्ष छानविन हुने बताएका छन् ।
श्रेष्ठले भ्रष्टाचार प्रकरणमा दोषी कोही नउम्किने र निर्दोष भए नफस्ने बताएका छन् । भ्रष्टाचारको छानविनमा आफूलाई पार्टीसँग कुनै सरोकार नरहेको पनि उनले बताएका छन् । भ्रष्टाचारी प्रमाणित भए माओवादी, एमाले, कांग्रेस, जसपा लगायतका कोही मान्छेले पनि उन्मुक्ति नपाउने गृहमन्त्री श्रेष्ठले बताए ।
उनले भने, “अहिले कतिपयलाई के लागेको छ भने त्यो हो नि त्यहाँसम्म पुग्नुपर्ने खोई भन्ने छ । कोहीलाई तान्न पर्नेलाई तानेन भन्ने छ । त्यसको प्रमाण नभई राज्यले केही गर्न सक्दैन । तथ्य प्रमाणले भेटेसम्म कारबाही हुन्छ । माओवादी, कांग्रेस, एमाले जो होस्, मलाई कसैको मतलब छैन । दोषी सबैलाई कारबाही हुन्छ।”
यस्तै उनले अहिलेसम्मका भ्रष्टाचार प्रकरणको छानविन स्वच्छ र निष्पक्ष ढंगले अगाडि बढाइएको जानकारी दिएका छन् । भ्रष्चार छानविनमा राजनीति क्षेत्रका नेताहरु दोषी देखिए भनेर राजनीतिक दलका नेताले कराउने गरेको, कर्मचारी दोषी देखिए कर्मचारी संगठनहरु र व्यापारी दोषी देखिए व्यापारिक संगठनहरुले दावाब मुलक कार्य गर्ने गरेको उनको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस