काठमाडौं- आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाएर अन्य विषय कार्यसूचीमा राखिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
एमालेले गत असार २० गते विधेयक पारित गर्ने दिन सदन अवरुद्ध गरेको थियो
। एमालेले सदन अवरुद्ध गरेको कारण सरकारले अध्यादेशमार्फत ल्याएको कानुन निस्क्रय छ । अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयकलाई गत असार २०, २२ र २४ गते पारित गर्ने कार्यसूची राखिएको थियो ।
आजको बैठकमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभामा उत्पति भएको “विनियोजन विधेयक, २०८०”का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।
यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” पेश गर्नेछन् । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस” भन्नेप्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुचि छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस