काठमाडौं- मनाङ एयरको बिहान भएको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ । आज मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको थियो ।
शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । सुरुमा ४ जनाको शव ल्याइएको र दोस्रो हेलिकप्टरमा दुई शव काठमाडौं ल्याइएको तिवारीले थप बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार उक्त हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको थियो । शिक्षण अस्पतालले पोष्टमार्टमको तयारी भएको शिक्षण अस्पतालले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस