पाँचथर- नेकपा माओवादी पोलिट्ब्युरो सदस्य तथा प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले देशमा बिकास गर्न भिजन हुनेलाई जनताले मत दिन आग्रह गर्नुभएको छ।
आज पाँचथर कुम्मयाकको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङ्बोले जनताको भावना अनुसार आगामी दिनमा तिनै तहसम्म गठबन्धनको सरकार बनाउनुपर्ने बताउनुभयो ।
विकास योजनाको विवरण सुनाउदै मन्त्री आङ्बोले सरखण्डे यासोक हुँदै यासोक उत्तरे र यासोक सावाँसेराको मोटर बाटो तत्काल कालोपत्रे हुने बताउनुभयो ।
बन्दै गरेको योजनाहरु एमालेले रोकेको संविधान बिरोधि काम गरेको उल्लेख गर्दै मन्त्री आङ्बोले तमोर हाइड्यामको योजनामा एमालेले कमिसन खान खोजेको आरोप लगाए।
बिकासप्रेमी मन्त्रीको उपमा पाएका आङ्बोले भने -‘ठुला राष्ट्रिय गौरवका आयोजना सफल पार्छौं र गाउँ गाउँमा उत्पादनको वृद्धि गरेर रोजगारी सिर्जना गर्छौं। ‘
उनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा संविधान बिरोधिलाई भोट दिनै नहुने बताउदै लोकतन्त्रलाई रक्षा गर्नुपर्ने बताउनुभयो।
कुम्मायक गाउपालिकामा सङ्घिय लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आङ्बोले भन्नुभयो – ‘बाम लोकतान्त्रिक उम्मेदवारलाई जिताउनुहोस, हामी पाँचथरे जनताको शिरझुक्न दिने छैनौ र कसैले औला ठड्याउन नसक्ने गरि निस्वार्थ रूपमा काम गर्नेछौं । ‘
कार्यक्रम नेकपा माओवादी,नेपाल कम्युनिस्ट पार्टी (एस) र नेपाली काङ्ग्रेस पार्टीले संयुक्त रुपमा आयोजना गरेका हुन्।
सो अवसरमा नेकपा एसका केन्द्रिय परिषद सदस्य प्रेम रिजालले प्रतिनिधि शभा र प्रदेशको चुनावमा एमालेलाई भोट दिन नहुने बताउदै एमालेले देशलाई अस्थीरबनाएको बताउनुभयो।
केन्द्रिय परिषद सदस्य रिजालले आगामी हुने मङ्सिर ४ गतेको आसन्न निर्वाचनमा ख प्रदेश सभाका लागि ईन्द्रबहादुर आङ्बोलाई जिताउन आग्रह गर्नुभयो।
समारोहमा बोल्दै जिल्ला समन्वय समिति पाचथरका रामराज आङ्देम्बेले पनि एमालेले चालेका असंबैधानिक कदम र धोका न्यायप्रेमी जनताहरु संवेदनशील हुनुपर्ने बताउनुभयो।
फाल्गुनन्द गाउपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले पनि पाँचथरे गठबन्धनका उम्मेदवारहरुलाई संघ र प्रदेशमा जनताले आफ्नो अमुल्य मत दिएर मुलुकलाई निकास दिनुपर्ने बताएका थिए ।
कुम्मायक गाउपालिकाका अध्यक्ष बमप्रसाद लावती उपाध्यक्ष महेन्द्र खड्का लगायत बुद्धिजीवी सरोकारवाला को उपस्थिति भएको थियो । कार्यक्रम कुम्मायक गाउँपालिका नेपाली काङ्ग्रेस सभापति दुर्गा बम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस