काठमाडौं – नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेज हुनैपर्छ भन्दै उजुरी परेको छ।
हिजो सोमबार काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदार विरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।
काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएकोमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा उजुरी पठाउन निर्देशन दिएका थिए ।
आयोगले गत आइतबार उम्मेदवारी दर्ता गराएकाहरु विरुद्ध आज उजुरी आब्हान गरेको थियो ।
सोहि अनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाब लड्ने नैतिकता नभएको भन्दै ती युवाले उजुरी दर्ता गराएको बताए । ‘भ्रष्टाचार, फौजदारी अभियोग लागेकाहरुले चुनाब लड्न मिल्दैन । उनीहरुले चुनाब जितेपनि मुद्दाको फैसला नहुन्जेल सांसद समेत हुन नपाउने भएकोले ठाउँ नै ओगट्न किन चुनाब लड्नु पर्यो ?’ उनले भने ।
उजुरी अनुसार २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा आरोपित गच्छदार १० लाख धरौटीमा रिहा भएका हुन् । गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएका थिए ।
‘विजयकुमार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो । कानुनतः गच्छदारले चुनाब लड्न पाएता पनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो ।’ उजुरीमा भनिएको छ ।
प्राप्त उजुरी अध्ययन गरी छानविन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
विभिन्न भ्रष्टाचारको आरोप लागेका गच्छेदारको उम्मेदवारी खारेज हुनुपर्ने सर्बसाधारण र विभिन्न अभियन्ताको समेत माग रहेको बुझिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस