काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा घिसिङ गठबन्धनको साझा उम्मेदवार बन्न लागेको बुझिएको छ।
घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गत बौद्धका बासिन्दा हुन्। यो क्षेत्रमा घिसिङको गृहजिल्ला रामेछाप र काभ्रेबाट आएका मानिसको बाक्लो बसोबास छ।
प्रचण्डले सुरुमा पार्टीकै उम्मेदवारका रुपमा घिसिङलाई अघि सार्ने संकेत दिएका भए पनि घिसिङ काठमाडौं ३ मा गठबन्धनको साझा उम्मेदवारका रुपमा स्वतन्त्र चुनाव चिह्न लिएर चुनावमा जान चाहेको माओवादीका एक नेताले बताए।
‘काठमाडौं ३ कांग्रेसले दाबी गरेको भए पनि कुलमान घिसिङलाई साझा उम्मेदवार बनाउन सकिने अवस्था छ’, ती नेताले भने।
अहिले काठमाडौं ३ कांग्रेस र काठमाडौं २ माओवादीले लिनेगरी गठबन्धनको बैठकमा छलफल भए पनि घिसिङले स्वतन्त्र रुपमा ३ मा जान चाहेको अवस्थामा सहमति बन्न सक्ने ती नेताको भनाइ छ।
घिसिङले भने प्राधिकरण छाडेर उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय सार्वजनिक गरिसकेका छैनन्। काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने चर्चाबारे पनि उनी अहिले नै खुल्न चाहेनन्।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको हैसियतमा लोडसेडिङ अन्त्य गर्न खेलेको निर्णायक भूमिकाका कारण कुलमान घिसिङको छवि लोकप्रिय छ।
केपी ओली प्रधानमन्त्री छँदै प्राधिकरणको कार्यकारी निर्देशकको पहिलो कार्यकाल सकिएपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन व्यापक जनदबाब थियो। तर ओलीले उनलाई दोस्रो कार्यकालका लागि ल्याउन चाहेनन्।
देउवा प्रधानमन्त्री बनेपछि दोस्रोपटक कार्यकारी निर्देशक बनेका घिसिङले भारत र बंगलादेशसँग विद्युत व्यापारमा जोड दिएका छन् भने देशभरका महानगर र नगरहरूसँग सहकार्य गर्दै सहरहरूमा ट्राफिक लाइट जडान गराइरहेका छन्।-नेपालखबर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस