काठमाडौं-नेकपा एमालेले आगामी निर्वाचनका लागि प्रतिगामी शक्ति मानिएको राजाबादीसंग चुनावी तालमेल गर्ने भएको छ।
पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले राप्रपा लगायतका दलसंग ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको हो ।
एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।
सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहकाे छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।
स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।
निर्णाय छलफल एवं सिटबाँडफाँटका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता एवं छलफल गर्न जिम्मेवारी दिएको छ । उता, लोसपाले सर्वेन्द्रनाथ शुक्ललाई वार्ताका लागि जिम्मेवारी दिएको छ । राप्रपा अध्यक्ष लिङदेनसँग ओली आफैं छलफल गरिरहेका छन् । उनीहरू दुवै झापाका हुन् ।
लोसपा नेता शुक्लले एमालेसँग चुनावी तालमेल’ छलफल भएको स्वीकार गरेका छन् । लोसपा शीर्षनेताको आन्तरिक छलफलमा ठाकुरले एमालेसँग तालमेल’ छलफल भएको जानकारी गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस