काठमाडौं-आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ ।
बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन आबद्ध पाँचै दलका शीर्षतहका नेताको पटकपटकको बैठकले चुनावी सिट बाँडफाँटका लागि प्रारम्भिक खाका बनाए पनि सहमतिबिनै टुंगिएको हो ।
निरन्तरको बैठकमा आआफ्ना अडान राख्दै आएका शीर्षनेता दलगत रूपमै एक कदम ‘ब्याक’ हुन तयार भएपछि भागबन्डाको प्रारम्भिक खाका बनेको बताइएको थियो । तर, सो खाकामा पनि जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम सहमत नदिएपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
बालुवाटार उच्चस्रोतका अनुसार शीर्षतहमा बनेको सिट बाँडफाँट खाकामा कांग्रेस सय सिट दाबीबाट ‘ब्याक’ भएको छ । जसअनुसार कांग्रेसले ८५ सिट लिएर गठबन्धनका अन्य दलले ८० सिटभित्र बाँडफाँट गर्नेगरी खाका बनाइएको थियो ।
बालुवाटारमा तयार प्रारम्भिक भागबन्डाको खाकाअनुसार नेकपा माओवादी केन्द्रले ४५ सिट, नेकपा एकीकृत समाजवादीलाई १८ सिट, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्राम्भिक खाका तयार गरिएको थियो ।
खाका बन्दै गर्दा कार्यदल सदस्यसमेत शीर्षतहको निर्णय कुरेरै बालुवाटारमा बसेका थिए । शीर्षतहबाट सिट बाँडफाँट विषयलाई अन्तिम रूप दिएर गठबन्धनले बनाएको कार्यदलबाट अन्तिम प्रतिवेदन फेरि शीर्षतहमै बुझाएपछि खाका सार्वजनिक गर्ने तयारी भइरहेको अवस्थामा बैठक बिनानिष्कर्ष टुंगिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस