काठमाडौं-नेपालले ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएपछि छिमेकी मुलुक चीन उत्साहित देखिएको छ ।
चीनको तीनदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीचको द्वीपक्षीय भेटवार्ताले दुई देशबीचको सम्बन्धमा ‘अझै प्रगाढता’ ल्याएको छ । नेपालले ‘एक चीन नीति’मा आप्mनो धारणा प्रस्ट राखेपछि चीनले प्रशंसा गरेको हो ।
समकक्षीसँगको भेटवार्तालाई नेपालस्थित परराष्ट्र मन्त्रालयले ‘सौहार्दपूर्ण र फलदायी’ भनेको छ । दुवै मन्त्रीले ‘नेपाल–चीन सम्बन्धका सबै पक्ष समीक्षा गर्दै आपसी हित क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमति जनाएको’ मन्त्रालयको ट्विटर ह्यान्डमा उल्लेख छ ।
दुई मन्त्रीबीच चीनको सान्दोङ प्रान्तस्थित छिङ्दाओमा सहरमा प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको हो । मन्त्री खड्का त्यसका लागि मंगलबार चीन प्रस्थान गरेका थिए ।
पछिल्लो समय अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले नेपालसँग ‘एक चीन नीति’को प्रतिबद्धता खोजेको थियो ।
नेपालस्थित चिनियाँ राजदूतले ताइवानको विषयलाई लिएर ‘नेपालले एक चीन नीतिमा नेपालले समर्थन गर्ने’ भन्दै वक्तव्य जारी गरेकी थिइन् ।
चीनले ताइवान विषयलाई लिएर नेपालको समर्थन खोजिरहेका बेला मंगलबार चीन पुगेका परराष्ट्रमन्त्री खड्काले प्रतिबद्धता जनाएपछि चीन खुसी देखिएको हो ।
चीनले ‘ताइवान विषयमा नेपाल मात्रै होइन, विश्वभरबाट ‘एक चीन नीति’को समर्थन खोजेको थियो । ताइवानमा अमेरिकी सभामुख पेलोसीको भ्रमणले चीन सशंकित बनेको थियो । उनको ‘भ्रमणले थप तनाब दिन सक्ने’ देखिएपछि चीनले विश्वका सबै देशलाई ‘एक चीन नीतिमा प्रतिबद्धता जनाउन’ आह्वान गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस