काठमाडौँ-आजभोलि सिंहदरबार परिसरमा मान्छेको घुइचो देखिन्छ। ती मान्छेहरु हातहातमा फाइल बोकेर / च्यापेर ताहुर माहुर गरेको देखिन्छ। वल्लो मन्त्रालय पल्लो मन्त्रालय ओहोर दोहोर गरेको देखिन्छ।
त्यो घुइचोमा बिभिन्न मन्त्रालयका नियमित कर्मचारी भन्दा स्थानीय निकायका जनप्रतिनिधि धेरै देखिन्छन। बजेट आएपछिको अवस्थामा त्यसको छिटो कार्यन्वयनका लागि उनीहरु भनसुन गर्न दौड धुप गरिरहेका छन्।
गत साता यस्तै भिडमा देखिए तेह्रथुम फेदाप गाउँपालिका अध्यक्ष केशब भेटवाल सहित केहि जन निर्वाचित प्रतिनिधिरु । त्यहि समुहमा थिए कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावती । उनि एउटा पहाडे कागजको फाइल बोकेर हिडेका देखिन्थे ।
समुहको नेतृत्व भने भूपू मन्त्री सीता गुरुङ र पाँचथर जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्गदेम्बेले गरेका थिए।
भेटघाटको कार्यक्रम थियो वनमन्त्री प्रदिप यादवलाई भेटेर सम्बन्धित समस्याहरु अवगत गराउनु र समस्या समाधानको लागि अनुरोध गर्नु।
आफ्नो बोल्ने पालो आएपछि कुम्मायकका अध्यक्ष बम लावती बोले। उनले विभन्न जातको बिरुवा सुलभ तरिकाले छिटो उपलब्ध गराए पालिकोको सार्बजनिक जग्गामा वृक्षारोपण गर्ने बताउदै बाँदरको प्रसङ्ग जोडे, ‘मन्त्री ज्यु मेरो पालिकामा जनसंख्या भन्दा बढी बाँदरको संख्या रहेको छ त्यसैले किसानले दुख गरेर खेतीको फल खान पाई रहेका छैनन्। कि बाँदर मार्न पाउने ऐनको ब्यबस्था हुनुपर्यो होइन भने मन्त्रालयले पक्रेर निकुञ्जमा पुर्याउनु पर्यो। ‘
कुरा सुनेर बनमन्त्री यादव छक्क पर्दै सोधे, कसरि मान्छे भन्दा बाँदर बढी हुन्छ ?
लावती फेरी बोले -‘बसाइ सराइ लगायत विभिन्न कारणले खेति पाटि म्कम हुन्छ मन्त्री ज्यु, त्यसैले जंगल बढेको बढ्यै छ। उहिले अन्न उत्पादन हुने खेतबारी अहिले बाँदर बढाउने जंगल भएको छ। ‘
लावतीले थपे , ‘मन्त्री ज्यु मेरो पालिका ऐतिहासिक, पुरातात्विक धार्मिक हिसाबले महत्वपूर्ण पालिका हो त्यसैले यहाँ रहेका पार्कहरुलाई संरक्षण गरिदिनु पर्यो, यसका लागि निवेदन ल्याएको छु , यो लिनुहोस्। ‘
अध्यक्ष लावतीको निवेदनमा पालिकाको विभिन्न क्षेत्रको तटबन्ध गर्न र रानीगाउँ तिङ्गदेनमा रहेको ‘सम्बाहाम्फे चुत्लुङ्ग’ पार्कको सरक्षण गर्न बजेट माग गरिएको छ।
मन्त्रीले सबैको कुरा सुनेपश्चात सबैलाई आश्वासन दिए, ‘तपाईहरुको समस्या समाधान गर्न आजै सम्बन्धित निकायलाई निर्देशन दिन्छु। ‘
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस