काठमाडौँ-सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा घोषणा गरे संगै दलहरुमा विभिन्न गुटहरु चलायमान हुन थालेका छन्। चुनावमा टिकट वितरणको सवाललाई लिएर दलका बिभिन्न गुटहरु सक्रिय भएका हुन्।
संसदमा सबैभन्दा ठुलो दल भएर पनि अध्यक्ष केपी ओलीको कुकर्मका कारण प्रतिपक्षमा बस्न बाध्य नेकपा एमालेमा थुप्रै नयाँ गुटहरु जन्मिएका छन्।
बिभिन्न गुटको जन्मले आगामी निर्वाचनका लागि उम्मेदवार टिकट वितरण महाभारत हुने देखिएको एमालेकै नेता बताउन थालेका छन्।
सतहमा एमालेमा माओवादी र माधव नेपाल बाहिरिएकाले गुट नदेखिए जस्तो भए पनि अहिले पार्टीभित्र गुटैगुट देखा परेका छन्, आगामी चुनावमा उम्मेदवारीको टिकटलाई लिएर मारामार हुने देखिएको हो।
एमालेभित्र अध्यक्ष ओली सर्वमान्य नै रहेता पनि दोस्रो तहका नेताबीच गुटबन्दी बढेको एमाले नेतानै बताउदै हिडेका छन् । एक नेता भन्छन , ‘ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेलका आआफ्नै गुट छन्, आफ्नो मान्छेलाई टिकट दिन उहाँहरुको हानाथाप पर्नेवाला छ।’
त्यसैगरी सुवास नेम्वाङले आफ्नो समूहका मान्छेलाई च्याप्ने गरेको एमाले नेताको आरोप छ। नेम्वाङले खास गरी जनजाति नेताहरुको पक्षपोषण गर्ने गरेको ती नेता बताउँछन्।
पदाधिकारीभन्दा तल पनि गुटहरु बढ्न थालेको ती नेताले बताए। यसको उदाहरण दिँदै उनले भने, ‘तल पनि महेश बस्नेतको एउटा गुट छ, गोकुल बास्कोटाको अर्कै गुट छ।’
त्यसैगरी तेस्रो धारका रुपमा घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई अर्को समूहका रुपमा व्यवहार गर्ने गरिएको भुसाल पक्षका नेताहरुले बेग्लै गुनासो गर्दै आएका छन्।
एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीको पनि प्रभाव रहेको नेताहरु बताउँछन्। भोलि टिकट वितरण हुँदा विद्या भण्डारी निकट नेताहरुले पनि कोटा दाबी गर्ने स्रोतको दाबी छ। एमाले स्रोत भन्छ, ‘शीतलनिवासको पनि अप्रत्यक्ष गुट एमालेमा छ।’
त्यस्तै एमालेमा पूर्वमाओवादीहरुको पनि बेग्लै गुट रहेको छ। रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतलाई पनि टिकट वितरणमा चित्त बुझाउनुपर्ने स्थिति छ।ती नेताले भने , ‘गठबन्धनमा भन्दा एमालेमा धेरै गुट देखिएको छ, गुट धेरै भएकाले टिकट वितरण फालामे च्युरा साबित हुने देखिएको छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस