काठमाडौँ-निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निर्दोष देखिएका छन्।
वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेपछि शर्मा निर्दोष ठहरीएका हुन्।
बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् ।
विशेष समिति सचिव सुरेन्द्र अर्यालले छलफल र परामर्शमा प्रतिवेदनलाई अन्तिम रूप दिइएको बताए ।
प्राविधिक विषय मिलाएपछि शुक्रबार सभामुखसमक्ष प्रतिवेदन बुझाइनेछ ।
समितिको निष्कर्षका विषयमा भने सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत एक ठाउँमा उभिएका छन् ।
बिहीबारको बैठकपछि समितिमा एमालेका सदस्य खगराज अधिकारीले प्रतिवेदनमा फरक मत ब्यक्त गरे ।
प्रतिबेदनमा शर्मालाई दोषी किटान गर्न कुनै प्रमाण नभेटिएको निष्कर्ष निकालिएको छ ।
घटनाक्रम विश्लेषण गरेर समितिले आगामी दिन बजेट तर्जुमाका क्रममा कसरी अघि बढ्ने भन्ने विषय पनि समेटेको छ । यस्तै प्रतिवेदनको एक खण्डमा अध्ययन, बयान, विज्ञहरूको परामर्शलगायतका विषयलाई समेटिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस