काठमाडौं-आगामी मंसिर महिना भित्र हुने संघिय संसद र प्रदेश सभाको निर्वाचनमा बहुमत हासिल गरि देशको नेतृत्व लिने लक्ष्यका साथ नेकपा(माओबादी केन्द्र) संगठन सुदृढीकरण र प्रचारको तयारीमा जुटेको छ।
साउन महिना भित्र सबै प्रदेशको बैठक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सक्ने केन्द्रीय कमिटीको निर्देशन बमोजिम धमाधम प्रदेश समितिका बैठकहरु हुँदैछन् ।
यसैक्रममा १ नं. प्रदेश समितिको बैठक साउन ५ र ६ गते विराटनगरमा सम्पन्न भई सकेको र संगठन बिस्तार,सुदृढीकरण र प्रचार प्रसार सम्वन्धि महत्वपूर्ण निर्णय गरेको अध्यक्ष हर्क नेम्वाङ् मिक्सोले जनाउनु भएको छ !
विगत स्थानीय तहको निर्वाचनको गम्भीर समीक्षा गर्नुका साथै देखिएका समस्या र कमि कमजोरीलाई सच्याउदै आगामी निर्वाचनमा अधिकतम उपलब्धि हासिल गर्ने दिशामा सम्पूर्ण शक्ति परिचालित हुने अध्यक्ष मिक्सो बताउनु हुन्छ ।
यसैबीच,देशब्यापी निर्वाचनको महौल सृजना गर्न सक्ने सम्पर्क समन्वय समिति अन्तर्गतको प्रदेश कमिटीको बैठक यस अघिनै सम्पन्न भैसकेको र साउन महिना भित्र समिति,बिभाग तथा जिल्ला सम्पर्क समन्वय समितिको बैठक धमाधम कार्य योजना अनुरुप नै समयको अनुकुलता मिलाएर भैरहेको अध्यक्ष श्रीकृष्ण अधिकारी (बिवेक) ले जानकारी दिनु भएको छ।
यसैबीच, गत असार ३२ गते अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यता हुने भनी तय भएको र अन्तिम समयमा अध्यक्ष क. प्रचण्डको भारत भ्रमणका कारण स्थगित भएको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम पूर्व निर्धारित हल स्काई पार्टी प्यालेस रामशाहपथमा नै यही साउन १४ गते १:०० बजेदेखि हुने निश्चित भएको छ |
सो प्रशिक्षणमा सम्पर्क समन्वय बिशेष प्रदेश समिति अन्तर्गतका जिल्ला सम्पर्क समिति सदस्यसम्मलाई अध्यक्ष प्रचण्ड लगायत पार्टीका शिर्ष तहका नेताहरुले बैचारिक प्रशिक्षण दिनु हुने प्रचार तथा प्रकाशन समितिका सदस्य तथा मेचीकाली आवाजका सम्पादन मण्डलका सदस्य बिन्देश्वर खनाल (बिप्लव) ले जानकारी दिनु भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस