काठमाडौँ- भारत भ्रमण अपेक्षाअनुसार सफल भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले सो कुरा बताएका हुन् । उनि तीनदिने सद्भावना भ्रमण गरेर स्वदेश फर्केका हुन् ।
भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीसँग भेट भएको उनले जानकारी दिएका छन् । प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भाजपा अध्यक्ष जेपी नड्डालगायत पदाधिकारीसँग भेट गरेको बताएका छन् ।
उनले भने‚ “सरकारी र पार्टीका पदाधिकारीसँग भेट भयो । अपेक्षानुसार भ्रमण सफल भएको छ। कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भ्रमण भएको छ । न्यानो स्वागत भयो । पहिला प्रधानमन्त्री भएर जाँदाभन्दा अहिले फरक लागेन‚ त्यस्तै सुरक्षा दिए । विनयमोहन क्वात्रासँग फलदायी छलफल भयो ।”
उनले थप भने, “भेटमा नेपाल-भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल भएको छ । अहिलेको प्रमुख समस्या पेट्रोलको रहेकोले भारतमा रुसबाट आउने कच्चा तेल नेपाललाई सहुलियतमा दिनेबारे पनि चर्चा भयो । भ्रमणपछि अब नेपाललाई विभिन्नखाले सहयोग र अहिलेका समस्या समाधान हुने कुरामा विश्वस्त छु ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस