चितवन- माडवारी सेवा केन्द्र, नारायणगढले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छिन् ।
मेयर दाहालका अनुसार भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार्य धमाधम भइरहेको छ ।
उनले भनिन्ब, “जारलाई व्यवस्थित गर्न फुटपाथ, अटोको व्यवस्थापन काममा अगाडि बढेका छौ । ‘विद्युतीय तारको भूमिगत गर्ने काम, गल्ती सडकको निर्माणको काम, सडक विस्तार एवम् कालोपत्रेको काम पनि भइरहेको छ । नारायणी नदीलाई सि–बिच मोडलमा विकास गर्ने लगायतका काम हुँदै छ ।”
माडवारी सेवा केन्द्र नारायणगढले भयरहित तवरले व्यपार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने, नियमनको नाममा जथाभावी गरिने अनुगमन र लामो समय बसोबासको आधारमा नागरिकता पाउनुपर्ने लगायतको माग राखेको थियो । मेयर दाहालले राखेको मागप्रति सकारात्मक रहेको पनि बताएकी छिन् ।
यस्तै मेयर दाहालले संघीय सरकारले नागरिकता विधेयक टेबुल गर्ने तयारीमा रहेकाले नागरिकताको विषय सम्बोधन हुने उल्लेख गरिन् । भरतपुरमा पछिल्लो समय निर्माण भइरहेका सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र प्रशासनिक भवन निर्माण गर्न भएको जग्गा प्राप्तिलाई ठूलो उपलब्धीको रुपमा लिएको उनले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस