काठमाडौँ- शुक्रबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)मा सहभागी हुन नसक्ने नेपालले स्पष्ट पारेको छ । अमेरिकालाई एसपिपीमा सहभागी नहुने जानकारीसहितको पत्र पठाउन समितिले सरकारलाई निर्देशन पनि दिएको छ ।
कूटनीतिकलगायत वृत्तबाट आलोचना भएपछि सरकारले हिन्द-प्रशान्त रणनीतिअन्तर्गत साझेदारीमा सहभागी नहुने बताएको हो । समितिको बैठकमा उपस्थित प्रधानसेनापति प्रभुराम शर्माले पनि एसपिपी स्वीकार नगर्ने बताएका छन् । सत्तागठबन्धनमा रहेका दलहरूले कुनै पनि हालतमा एसपिपीमा सहभागी हुन नसकिने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तहबाट एसपिपी स्वीकार नगर्ने भनिसकेपछि थप प्रस्ट पार्नु वा प्रस्ट पार्न माग गर्नु आवश्यक नभएको परराष्ट्रमन्त्री खड्काले बताएका छन् । उनले भने, “प्रधानमन्त्रीज्यूले गठबन्धनका नेताहरूलाई पनि भन्नुभएको छ कि नेपाल कुनै पनि सामरिक वा सैन्य गठबन्धनमा जाँदैन । उहाँले अत्यन्तै संवेदनशील भूअवस्थितिका कारण एसपिपी हाम्रो हितमा छैन भनिसक्नुभएको छ । अब यो विषय टुंगिइसक्यो ।”
बिहीबार साँझ जारी प्रेसनोटमा अमेरिकी कार्यवाहक राजदूत म्यानुअल पी माइकलरले नेपालले स्वीकृतिमा मात्रै एसपिपी कार्यान्वयन हुने बताएका थिए । नेपालले एसपिपीमा सहकार्य कसरी अन्त्य गर्न सक्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, “कुनै पनि देशले हामी एसपिपीमा सहभागी हुन चाहँदैनौँ भनेर अमेरिकालाई जानकारी दिन सक्छ ।” नेपालले जानकारी दिएपछि सहकार्य अन्त्य हुने अमेरिकी भनाइ थियो । अहिलेसम्म एसपिपीअन्तर्गत सहभागी रहेका ९० मुलुकमध्ये बेलारुस मात्रै हटेको उनको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस