काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् ।
एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो समय एमालेसमेत परित्याग गरेका थिए ।
एमाले विभाजन भएर माधवकुमार नेपाल, झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, गौतम एमाले र एकीकृत समाजवादी दुवै दलमा सहभागी नभई राष्ट्रिय एकता अभियान सञ्चालन गरेका थिए ।
राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमको अभियानमा जोडिएका नेताहरू कोही एमाले र कोही एकीकृत समाजवादीमा लागेका थिए । गौतमकी श्रीमती तुलसा थापा सघीय सांसदसमेत हुन् । उनी एमालेमै रहेकी छन् ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गौतमले एकीकृत समाजवादीको चुनाव चिह्न कलमलाई मतदान गर्न भन्दै गीत लेखेर आफूलाई एकीकृत समाजवादीको पक्षमा उभ्याएका छन् ।
‘जनता जगाउने, कलममा छाप लगाउने’ बोलको गौतमको शब्द रहेको गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण केसीको स्वर र संगीत रहेको गीतमा जुना श्रीष मगरले गायनमा साथ दिएकी छन् । गीतको भिडियोको कभरमै गौतमको तस्बिर राखिएको छ भने भिडियोमा पनि गौतमलाई देखाइएको छ ।
गौतमले लेखेको सो गीत सामाजिक सञ्जालमा सेयर गर्दै समाजवादीका अध्यक्ष नेपालले ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपिल गरिएको गीत भनेर लेखेका छन् । समाजवादीका नेताहरूले सो गीत सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।
यसैबीच एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउने अभियानमा जुट्न आग्रह गरेको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस