काठमाडौं-नेपाल र नेपालीलाई उज्यालो बनाउन अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।
लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको हो।
आयोजक संस्था क्यासनेप फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए ।
कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए ।
नेपालमा अवसरै अवसर रहेको भन्दै उहाँले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस