काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताएका छन्।
चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलामा प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेकोले अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका हुन्।
उनले भने, ‘खतरा अझै टलिसकेको छैन। हामीले ब्याटल एक पटक त जित्यौं। तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन्। प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन्। हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौं। तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला।’ विश्वभर पराजित शक्तिले पुनर्स्थापित हुनका षडयन्त्र गर्ने पाइएको बताउँदै प्रचण्डले नेपालमा पनि निरंकुश राजतन्त्र अन्त्य भएपछि यो कुरा देखिएको जिकिर गरे।
उनले प्राप्त उपलब्धिहरूलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको पनि बताए। ‘दिगभ्रमितहरुलाई जनचेतना दिने अनिवार्य शर्त हो। क्रान्ति र प्रतिक्रान्ति रोक्ने आफ्नो हिस्साको जिम्मेवारीलाई राम्रोसँग निभाउनुहोला,’ उनले भने, ‘हिजो जनयुद्धमा हतियारसँगै कलम पनि हिँड्थ्यो। तर, युद्धमा सेना र बन्दुक नै निर्णायक हुन्थ्यो। शान्तिमा आएपछि अबको लडाइँ विचारको क्षेत्रमा हो। अबको पहिलो मोर्चा भनेको कलम हो।’
फरक प्रसंगमा प्रचण्डले एमसीसी राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्ने बताए। उनले संसद्, एमसीसी, प्रधानन्यायाधीशलाई महाअभियोग, न्यायालयको विवाद देखाएर पाँच दलीय गठबन्धन नटुट्ने दाबी गरे।
उनले जबरजस्ती गरेर एमसीसी पास नहुने धारणा राखे। यद्यपि सत्ता गठबन्धन भत्काउने / टुटाउने प्रयास भने जारी रहेको उनको भनाई छ। प्रचण्डले लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न र प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको दाबी पनि गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस