चितवन-नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको विकास निर्माण कार्यमा सक्रिय बनेका छन् । गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो ।
यसअघि मात्रै प्रचण्डले ६ जना मन्त्री भरतपुरमा उतारेर विकास बहसको कार्यक्रम गरेका थिए ।
शुक्रबार चितवन आइपुगेका प्रचण्डले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।
एमाले महाधिवेशनको उद्घाटन सत्र स्थलमा आयोजित शिलान्यास कार्यक्रममा प्रचण्डले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्नु कुरा पनि स्थापित गरेर गएको बताए ।
‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जंगलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो,’ उनले भने ।
प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको पनि शनिबार उद्घाटन गरेका छन् ।
बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नविकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।
१८-१९ मंसिरसम्म चितवनमा हुन लागेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले उद्घाटन गर्दै छन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस