धनकुटा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् ।
धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देखाउने गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस रहेको आरोप लगाए ।
२०३६ सालको छिन्ताङ हत्या काण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल कांग्रेसमा प्रवेश गरेकाले त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ओलीको तर्क छ ।
प्रचण्डसँग पार्टी एकता गरेका बेला तीन वर्ष पार्टी चल्न नपाएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कांग्रेससँग मन्त्री मागेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूसँग मागेको भए प्रचण्डलाई १५ वटा मन्त्री दिन आफू तयार रहेको बताए ।
सर्वोच्च अदालतमा भइरहेको विवादको विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायलयमा विवाद बढेको बताए । उनले अहिले न्यायाधीश मुद्दा नहेरेको, वकिलले दादागिरी देखाएको आरोप लगाए ।
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुन: सरकारको नेतृत्वमा आउने बताउँदै आगामी निर्वाचनमा ५५ लाखभन्दा बढी मत कार्यकर्तालाई निर्देशन दिए । नेपाललाई १० वर्षमा संसारका धनी देशसरह बनाउने एमालेसँग क्षमता र कार्यदिशा रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको दाबी गरे । उनले प्रचण्ड र नेपाल आफ्नै बुद्धिले एक्लिँदै गएका र एक्ल्याउँदै जानुपर्ने बताए ।
फरक प्रसंगमा अध्यक्ष ओलीले शहीद र तिनका परिवारलाई जहिल्यै सम्मान गर्ने र तिनका सपना साकार गर्न लागि पर्ने बताए ।
शहीद स्मृति सभालाई सम्बोधन गर्न एमाले स्थायी कमिटी सदस्यहरू सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा पनि धनकुटाको छिन्ताङ आएका भए पनि समय अभावले बोल्न पाएका थिएनन् । कार्यक्रमलाई स्थायी कमिटी सदस्य शंकर पोख्रेलले सम्बोधन गरेका थिए ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले समाजवादको कुरा गरेर कांग्रेसको पाउमा चढाएको र प्रचण्डको नेतृत्वमा समाज विभाजन हुन खोजेको आरोप लगाए । उनले प्रचण्ड पार्टी एकताको बाधक बनेको बताउँदै एमाले जनतामा आधारित कार्यकर्ताहरूको पार्टी भनेर महाधिवेशनबाट सन्देश दिने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस