काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् ।
‘माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘समाजवदाी क्रान्तिलाई नयाँ उचाइँमा पर्याउने सपनामाथि षड्यन्त्र भइरहेको छ ।’
प्रचण्डले ‘बादशाहलाई घोडाबाट झारेजस्तो ओली ( एमाले अध्यक्ष केपी शर्मा ओली)लाई बालुवाटारबाट बालकोट पुर्याएको बताए । ‘कम्युनिष्टलाई एउटै थलोमा ल्याउन पार्टी एकता गर्याैँ । तर, पार्टीभित्रैबाट,अध्यक्ष एवं प्रधानमन्त्री बनाएकाबाट गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भयो,’ प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटनको अर्थ फेरि मुलुकलाई कहीँ न कहीँ निरंकुशतन्त्र तिर लैजान, संविधान उल्ट्याउने समावेशी लोकतन्त्र उल्ट्याउने षड्यन्त्र थियो । हामीले त्यसविरुद्ध ‘वादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएकै हो ।’
‘अन्ततः पार्टी विभाजन भए पनि ‘कम्युनिष्टलाई एकतावद्ध गर्नुपर्छ’ भन्ने सपना गलत थिएन, सही थियो,’ उनले भने, ‘किनकि कार्यकर्ता मात्र होइन, जनताले पनि अनुमोदन गरेका थिए । दुई तिहाइबाट अनुमोदन भएको थियो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस