दाङ-नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरे ।
अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नु पर्ने उनको धारणा थियो । त्यसो अवस्था आए आफूहरू चुनावमा जानेसमेत उनले बताए । राज्य सत्ता अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै विप्लवले न्यायलयमासमेत प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताए ।
नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सत्तामा पुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दाबी उनको छ ।
भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरीमा सबै लिप्त भएको तर जनताको अधिकार र न्याय स्थापितमा ध्यान नदिँदा अहिलेको व्यवस्थामाथि प्रश्न गर्नुपर्ने बाध्यता आइपरेको उल्लेख गरे । नेता विप्लवले अमेरिकी सहयोग एमसिसी सहयोग लिन सकिने तर निस्वार्थ हुनुपर्ने बताए ।
साथै महासचिव विप्लवले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोशसमेत व्यक्त गरे । तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारिता देखाउने समेत सरकारलाई आग्रह गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस