काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए ।
‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ ।
कहिले पोखरा, कहिले धरान धनकुटा, कहिले बागलुङ, कहिले कहाँ ? हातमा टोपी लिएर कुदेका छन् । देश बनाउन होइन, एमाले बिगार्न कुद्या छन्,’ उनले भने, ‘राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन । राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु को लागेको छ भने माधव नेपाल ।’
माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने ओलीको भनाइ थियो । ‘एमाले सिध्याउन कुदेका छन् । किन सिध्याउने भन्दा यो साढे तीन वर्ष अचम्मै गर्यो । कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ । अस्पताल बनेको छ । एमालेले सिध्याउने भो भनेर भत्भत् पोल्यो । हाम्रो विकास देखेर हाम्रा विरोधीहरु आत्तिए । एमाले विरोधी भनेको देशविरोधी हो,’ उनले भने ।
ओलीले कांग्रेसको पनि आलोचना गरे । सहकर्मी पार्टीलाई छोडेर दक्षिणपन्थी, प्रतिक्रियावादी र भडुवालाई बोक्ने कांग्रेसको पहिलेकै परम्परा भन्दै ओलीले अहिले पनि देश भडुवा, देश बिगार्वाहरुलाई कांग्रेसले बोकेकोमा आक्रोश पोखे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस