काठमाडौं-एमालेको तल्लो कमिटीका अधिवेशनको परिणामअनुसार आगामी महाधिवेशनबाट ओली सर्वसम्मत अध्यक्ष हुन सक्छन् । उनलाई पराजित गर्न सक्नेगरी अन्य नेतासँग हैसियत पुग्दैन् । तर, उपमहासचिव घनश्याम भुसाल सर्वसम्मत कोही पनि अध्यक्ष हुन नसक्ने बताउँछन् ।
एमालेभित्र रहेको १० भाइ अर्थात् तेस्रो समूहबाट आगामी महाधिवेशनमा अध्यक्षमा भुसालले उम्मेदवारी दिँदै छन् । विभिन्न चाडपर्वको अवसरमा पत्रकारसँग केही दिनअघि कुरा गर्दै भुसालले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।
‘पार्टीको विधानअनुसार पदाधिकारी भएकाले अध्यक्षमा उम्मेदवारी दिन पाउँछन् । अहिलेको पदाधिकारीमध्येबाट अध्यक्षमा अर्को उम्मेदवारी हुन्छ । अध्यक्षका लागि हरेक दृष्टिकोणले म पनि योग्य रहेको छु’ उपमहासचिव भुसालले भने ।
तेस्रो धारमा रहेका तीन नेता उपाध्यक्ष छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल अहिले एमालेको उपाध्यक्ष हुन् । ओलीबाहेक अर्को समूहबाट यी तीनमध्ये एक जनाले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने हो । तर, तीनै जनामध्ये कसैले पनि उम्मेदवारी नदिने एमाले स्रोतले जनाएको छ । अहिलेको उपमहासचिव भुसालले नै अध्यक्षमा उम्मेदवारी दिने र केही दिनमै औपचारिक घोषणा पनि हुन लागेको छ ।
‘तल्लो तहको अधिवेशनको परिणाम हेर्दा आगामी अधिवेशनबाट ओलीनिकटका नै प्रतिनिधि बढी आउने निश्चितजस्तो देखिन्छ । तर, सर्वसम्मत अध्यक्ष हुन सक्दैनन्, हाम्रो समूहबाट घनश्याम कमरेडले अध्यक्षमा उम्मेदवारी दिनुहुन्छ,’ तेस्रो धारमा रहेका एक नेताले भने।
यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस