काठमाडौं-नेपाल बार एसोसियनका सल्लाहकारहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिए आन्दोलन चर्काउन सुझाव दिएका छन् ।
प्रधानन्यायाधीशको विषयमा न्यायालय विवादित बनेको भन्दै वकिलहरूलाई आन्दोलन गर्न सल्लाहकार परिषद्का सदस्यहरूले सुझाव दिएका हुन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार बैठकमा सबै सल्लाहकारहरूले राजीनामा माग्न र नदिए आन्दोलन चर्काउन सुझाव दिएको सल्लाहकार तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताए ।
प्रधानन्यायाधीशको विषयमा प्रश्न उठेपछि नेपाल बारले मंगलबार सल्लाहकार समितिको बैठक बोलाएको थियो । बारले यसअघि नै प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने आफ्नो निष्कर्ष राखिसकेको छ ।
बारका सल्लाहकारमध्ये वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले भने अहिले राजीनामा माग्न नहुने सुझाव दिएका थिए । न्यायालयको कमी कमजोरी आंैल्याउने र सच्चाएर जान सकिने विषयमा हामीले अहिले नै राजीनामा माग्नु उचित नहुने तर्क राखेको केसीले बताए ।
त्यसैगरी सर्बोच्च अदालतका कर्मचारी ट्रेड युनियनले अदालतमा देखिएको समस्या हल नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै अदालतका कर्मचारीहरूले न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं सर्वसाधारणको न्याय पाउने अधिकारको संरक्षणका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
न्यायालयमा हाल देखिएको विकृति अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश र न्यायाधीशहरू जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र इजलास बहिष्कार गरेर ‘आन्दोलनरत’ न्यायाधीशहरूलाई अदालतमा देखिएको समस्या समाधान गर्न भनेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस