काठमाडौं-एउटा महत्पवूर्ण कारण भनेको २८ असारको परमादेश र त्यसले सिर्जना गरेका सहउत्पादनहरू नै हुन् । यसको समाधानका लागि जडमै जानुपर्छ ।
यसमा प्रधानन्यायाधीशसँग त्यस एजलासमा रहेको न्यायाधीशहरूको पनि उत्तिकै जवाफदेहिता रहन्छ । एउटालाई दोष दिएर उरु उम्किन मिल्ने हामी देख्दैनौँ ।
अहिले जुन ढंगले पूर्व-प्रधानन्यायाधीशहरू तथा राजनीतिक दलसँग आबद्ध भएका मिडियाहरूले यस विषयमा जसरी चर्चा गरिरहेका छन्, यसले न्यायालयमा भएको विकृतिलाई हटाउने किसिमको देखिँदैन । यो बहस विशेष रूपमा एउटालाई हटाउने र अर्कोलाई ल्याउने स्वार्थबाट प्रेरित भएको देखिन्छ । यो समीक्षा समस्या समाधानको होइन । त्यसैले यसमा हाम्रो रुचि छैन ।
जुन ढंगले राजनीतिक विषयमा अदालत प्रवेश गर्यो र निश्चित राजनीतिक दलका स्वार्थका लागि अदालतको जुन ढंगले दुरुपयोग भयो अहिलेका समस्याको परिणाम पनि त्यही नै हो भन्ने हामी ठान्छौँ ।
हामी न्यायालयको समग्रको सुधारको पक्षमा छौं । पाँचदलीय गठबन्धनको स्वार्थका लागि न्यायालयको जसरी प्रयोग गरियो, यसैको परिणाम हो यो ।
निश्चित राजनीतिक स्वार्थ समूह अथवा अरु स्वार्थ समूहको हितमा न्यायालयलाई प्रयोग गरिएको छ, त्यसमा हाम्रो रुचि छैन र त्यो कुनै समाधान पनि हैन ।
न्यायाधीशको विरुद्ध कुनै महाअभियोग लगाउनुले समस्या समाधान हुन्छ भन्ने हामीलाई लाग्दैन । यो चाहिँ एक खालको दबाब हो । केही स्वार्थ समूहले निश्चित न्यायाधीशलाई थर्काएर आफ्नो अनुकूल मुद्दा फैसला गराउनका निम्ति गरेको दबाबको रणनीति हो । यो गलत छ र यसमा हाम्रो कुनै चासो छैन ।
(एमाले प्रवक्ता ज्ञवालीसँग कुराकानीमा आधारित)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस