उदयपुर-परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकार संसदको बाँकी पुरै अवधि टिक्ने बताएका छन् ।
नेपालको संविधानले मध्यावधि वा अर्ली इलेक्सनको परिकल्पना नगरेको हुँदा र अर्को सरकार बन्ने संविधानतः विकल्प पनि नभएकोले बाँकी अवधि अहिले कै सरकार रहने बताएका हुन् ।
गठबन्धनमा रहेका राजनीतिक दलबीच साझा सहमतिका एजेन्डाको आधारमा सरकार सञ्चालनको न्यूनतम साझा मापदण्ड बनाएर अघि बढ्ने दलीय सहमति भएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिए । परराष्ट्रमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका उनले उदयपुरको चौदण्डिगढी नगरपालिका-८ स्थित सिद्धिपुरको वीरेन्द्र बजारमा आयोजित नेपाली कांग्रेसका बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
उनले संकटको समयमा कांग्रेसले सरकारको नेतृत्व लिएको बताएका थिए । मुलुक संकटमा पर्दा नेपाली कांग्रेसले नेतृत्व गर्दै जोगाउने गरेको इतिहास साक्षी रहेको उनले बताए । दुई तिहाइको सरकारले जनताले दिएको जिम्मेवारी वहन गर्न नसकेपछि मुलुकलाई राजनीतिक निकास दिनका अहिलेको सरकार गठन भएको मन्त्री खड्काको दाबी छ ।
केही विद्युतीय सञ्चार माध्यमले आफूले भनेको भन्दा फरक ढंगले समाचार प्रसारण गरी अनर्गल प्रचार गर्ने गरेकोमा दुःख व्यक्त गरे । लिपुलेक, कालापानी वा नेपालको सबै भूभागमा राष्ट्रिय जनगणनालगायतका कार्यक्रम निर्बाध सञ्चालन हुने उनले बताए । पत्रकार र कार्यकर्ताले यसै विषयमा आफूलाई प्रश्न गर्ने गरेको भन्दै परराष्ट्रमन्त्री डा. खड्काले नेपालको हितविपरित र दलीय सहमति बिना कुनै पनि हालतमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुने स्पष्ट पारे ।
उदयपुरको विकराल समस्याको रूपमा रहेको त्रियुगा नदी कटानलाई रोक्न करिब आठ अर्बको लागतमा सम्पन्न हुने गरी त्रियुगा नदी नियन्त्रणको गुरुयोजना बनाएर राष्ट्रिय योजना आयोगबाट पास गराइ नदी नियन्त्रणको काम सुरु भएको उनले बताए ।
फरक प्रसंगमा बोल्दै उनले यो महिनाको अन्तिम साताबाट रोकिएका पार्टीका अधिवेशनले निरन्तरता पाउने बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस