काठमाडौं-नेकपा एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरेको छ । १० बुँदेलाई पार्टीभित्र १० भाइ असन्तुष्ट रहेका खबरहरु आइरहेका बेला प्रवक्ता ज्ञवालीले ९७ प्रतिशतभन्दा बडी कार्यान्वयन भएको बताए ।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा देखिएको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको बताए ।
‘आज १० बुँदे कार्यान्वयनको सिलसिलामा सहजीकरण गर्न बनेको कार्यदलको बैठक पनि बसेको थियो । त्यो कार्यदलले सुझावहरु भोलि स्थायी कमिटीमा प्रस्तुत गर्नेछ । धेरै कमिटी २ जेठमा फर्किसके । केही फर्किँदै छन् । पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पनि समेटेर पार्टी गइसकेको छ । स्थानीय अन्तरविरोध हुनसक्छन् । त्यहाँ छलफल गरेर टुंग्याउँछौं । अधिकांश ठाउँमा कार्यान्वयन भइसकेको छ । बाँकी ठाउँमा पनि कार्यान्वयन गर्छौं,’ उनले भने ।
ज्ञवालीले १० बुँदे प्रस्ताव सिंगो पार्टीको प्रस्ताव भएको अपनत्व लिएर कार्यान्वयनमा गएको उल्लेख गरे । ‘९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको छ । केही ठाउँमा भएको छैन । कार्यदलले सुझाव दिन्छ । भोलि छलफल हुन्छ । स्थायी कमिटीबाट थप निर्णय हुन्छ ।’
ज्ञवालीले पार्टीको वडा र स्थानीय तहको निर्वाचन आमरुपमा तोकिएकै मिति ६ कात्तिक र ९ कात्तिकमै अधिवेशन हुने बताए । ‘तर जहाँ बाढी पहिरो डुबानले प्राकृतिक विपत्तिले गम्भीर असर पारेको छ त्यहाँ केही दिन पर सार्ने निर्णय भएको छ । तर कात्तिकभरिमा हामी सबै वडा र तहमा अधिवेशन गरिसक्छौं,’ उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस