काठमाडौं-चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर बुधबार रातिसम्म ९२ जनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् ।
सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ जिल्लामा बाढीपहिरोले मानवीय क्षति निम्त्याएको छ । मंगलबारसम्म पश्चिमका जिल्ला बढी प्रभावित भएकामा बुधबार पूर्वमा बढी क्षति भएको छ । प्रदेश १ का ६ जिल्लामा मात्रै ५२ जनाको मृत्यु भएको छ ।
पाँचथरमा सबैभन्दा धेरै २४ जनाको मृत्यु भएको छ । आठ बेपत्ता छन् भने ६ जना घाइते छन् । उनीहरू सबै बुधबार पहिरोमा परेका हुन् । डोटीमा पहिरोमै पुरिएर ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार नौको मृत्यु भएकोमा बुधबार ६ जना थपिएका हुन् । पाँचजना घाइते छन् । त्यस्तै, इलाममा पहिरोमा परेर १३ को मृत्यु भएको छ । तीनजना बेपत्ता छन् भने दुईजना घाइते भएका छन् ।
बझाङ र हुम्लामा पहिरोमा परी सात–सातजनाको मृत्यु भएको छ । बझाङमा थप २१ बेपत्ता छन् । पहिरोमै परेर धनकुटामा ६ जनाको ज्यान गएको छ भने पाँच घाइते छन् । त्यस्तै, सुनसरीमा बाढीपहिरोमा पाँच र बैतडीमा पहिरोमा चारजनाको मृत्यु भएको छ । बैतडीमा दुईजना घाइते छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस