काठमाडौँ- यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड महामारीको त्रास अझै रहेको र चाडपर्वको उत्साह पनि घटेकाले दशैं मनाउन घर जाने यात्रुको संख्यामा कमी आएको बताइएको छ ।
असोज १५ गते ६ हजार ५०० सवारीसाधनबाट २ लाख २७ हजार ५०० यात्रु उपत्यका छाडेर बाहिरिएका छन् भने सोही दिन ६ हजार ८०० सवारीसाधनमा २ लाख ३८ हजार यात्रु उपत्यका भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकले जनाएको छ ।
यस दिन उपत्यका बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या १० हजार ५०० बढी छ । मानिसमा कोरोना महामारीको त्रास बाँकी नै रहेकाले अघिल्ला वर्षको तुलनामा यस वर्ष दशैं मनाउन घर फर्कने यात्रु कम रहेको महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताएका छन् । उनका अनुसार असोज १४ गते पनि उपत्यका बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या धेरै थियो ।
सरकारले असोज ११ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएर अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि ११ गतेसम्म उपत्यका छाडेर जाने यात्रु ३ लाख हाराहारीमा मात्र रहेको बताए । उनका अनुसार अहिले पनि उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रु कम छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस