काठमाडौँ- सञ्चालन हुनुअगावै नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको जानकारी दिएका छन् ।
नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेसनमा त्रिपालले छोपेर थन्काइएको थियो ।
खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको इन्जिन र बोगीको वारेन्टी असोज ३ गते सकिएको महाप्रबन्धक झाले बताएका छन् । रेलको अनुगमन हुन बाँकी छ, बाहिरबाट हेर्दा ठीकै देखिन्छ । कानुन अभावमा रेल सञ्चालन हुनसकेको छैन । कानुन आएपछि प्राविधिक टोली बोलाई रेल सञ्चालनमा ल्याइन्छ, प्रबन्धक झाले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस