काठमाडौँ- आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई आत्मसात गर्न चाहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धतासमेत अध्यक्ष नेपालले व्यक्त गरेका छन् । पार्टीनिकट युवा संघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताएका छन् ।
अध्यक्ष नेपालले माओ, होचिमिन्हजस्ता नेताहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले भने, “जनताको बहुदलीय जनवादीलाई हामीले आत्मसात गर्न चाहन्छौं । र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौं । चीनमा माओ, देङसेवापिङ जस्ता नेताहरु जन्मे । त्यसैगरी, भियतनाममा होचिमिन्हलगायतका नेताहरूले कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाए । हामीकहाँ पनि पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी तुलसीलाल जस्ता योद्धाहरु देखा परे । ती सबै योद्धाहरुप्रति हामी गौरव बोध गर्दछौं । उहाँहरुको जीवनबाट प्रेरणा लिएर हामी अघि बढछौं ।”
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिने कामलाई जोड दिने बताएका छन् । उनले त्यसका लागि आफूलाई दक्ष बनाउने गरी प्रशिक्षित हुन पनि आफूनिकट पार्टीका युवा संघका नेता, कार्यकर्तालाई सचेत पनि गराए । अध्यक्ष नेपालले पार्टीमा आवद्ध युवाहरुले सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस