काठमाडौँ- एकजना पुरूषको डोटीमा कोरोनाविरूद्धको दोस्रो मात्रा खोप लगाएको तीन घण्टामै मृत्यु भएको छ । आज बिहान साढे ११ बजे शिखर नगरपालिका–२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको मृत्यु भएको हो ।
शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले गाउँ नजिकै खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको जानकारी दिएका छन् ।
शाहले भने, “बिहान साढे ८ बजे खोप लगाएर करिब पौने घण्टाको बाटो हिँडेर घर गएर खाना खाइसकेपछि उनको मृत्यु भएको बुझिएको छ।” उनको मृत्य खोपका कारण नभएर अन्य कारणले भएको हुनसक्ने शाहले बताएका छन् ।
शाहले भने, “खोपको एक भाइल (सिसी) मा दुई डोज खोप हुन्छ । उनलाई लगाएको भाइलबाट अर्को व्यक्तिलाई समेत लगाएको र अर्को व्यक्तिलाई कुनै किसिमको समस्या नदेखिएकाले खोपकै कारणले उनको मृत्यु भएको हो भन्न सकिदैन।”
उनी दीर्घरोगी भएको र उनको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ । आफूहरुले पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजान सल्लाह दिए पनि परिवारले पोष्टमार्टम गर्न पर्दैन भनेर शव अन्त्यष्टिका लागि घाटमा लगिसकेको पनि शाहले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस