काठमाडौँ- काठमाडौँ उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ ।
तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन् । अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले
बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयहरूले आजदेखि थप कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेका छन् । निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन् ।
यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायत मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस