काठमाडौँ- यसअघि तालिका सार्वजनिक गरी सञ्चालन गरिरहेका परीक्षा त्रिभुवन विश्वविद्यालयले स्थगित नगर्ने भएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताएका छन् ।
विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ । साथै सेमेस्टर प्रणालीअन्तर्गत स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षासमेत जारी छ ।
कतिपय परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी संख्या न्यून भएकाले सीसीएमसीले परीक्षा सञ्चालनका लागि स्वीकृति दिएको नियन्त्रक जोशीको भनाइ छ ।
उनले धेरै विद्यार्थी सहभागी रहेको स्नातक तह प्रथम वर्षको परीक्षा सकिएको बताउँदै अब न्यून विद्यार्थी अध्ययन गर्ने संकाय र विषयको परीक्षा मात्रै बाँकी रहेको जानकारी दिएका छन् ।
भदौ ५ गतेपछिको परीक्षाबारे भने कोरोना भाइरस संक्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले भदौ ११ गतेबाट स्नातक तहतर्फ एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखेको छ। त्यसैगरी भदौ २७ गतेबाट एलएलबी दोस्रो वर्षको परीक्षा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
भदौ २५ गतेबाट स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारी विश्वविद्यालयको भए पनि परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन । यसअघि राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस