काठमाडौँ- कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मापदण्ड पालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरुमा भेन्टिलेटर, आइसीयू र आकस्मिक सेवाका वेडहरुमा बिरामीहरुको चाप बढ्दै गएको भन्दै भीडभाडजन्य क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाहीको चेतावनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएका हुन् । काठमाडौं उपत्यकामा जारी गरिएको निषेध आदेश कायमै रहेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कोरोनाको संक्रमण दर घटाउनुमा सबै पक्ष र समुदायको उक्तिकै जिम्मेवारी र भूमिका रहन्छ । तर निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समुहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि संचालन गर्नाले कोभिड-१९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ । जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस