काठमाडौँ- भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर एक जना नेपाली युवाको हत्या गरेको घटनाको बयान फेर्न प्रत्यक्षदर्शीलाई धम्की दिएको छ ।
दार्चुलाको व्यास नगरपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले सरकारले बनाएको वार्ता टोली सोमबार प्रत्यक्षदर्शीलाई दार्चुलाको सदरमुकाम खलंगा बोलाएपछि भारतीय सुरक्षा फौज एसएसबीले बयान फेर्न दबाब दिएर फोन गरेको जानकारी दिएका छन् ।
ढाथोकीले भने, “हिजो बयानका लागि बोलाएका एकजना प्रत्यक्षदर्शीलाई भारतीय सुरक्षा फौजले फोन गरेर बयान फेर्नू नत्र राम्रो हुँदैन भन्दै धम्की दिए । भारतीय सुरक्षा फौजको खलंगा बजारमा बाक्लो उपस्थिति छ । जताततै खानतलासी एसएसबीले गरिरहेको छ ।”
अध्यक्ष बुढाथोकीका अनुसार उनीहरुले यो घटनालाई झूटो सावित गर्न विभिन्न पत्र पत्रिकामा गलत समाचार भारतीय सञ्चारमाध्यमले लेख्न थालेका छन् ।
महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अनुसन्धान गर्न हिजो प्रत्यक्षदर्शी तीन जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई जिल्ला प्रशासन कार्यालयमा ल्याइएको हो ।
गत असार १५ गते दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउन लाग्दा स्थानीय ३३ वर्षीय धामी महाकालीमा बेपत्ता भएका थिए । अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरेको थियो । तर भारतीय सुरक्षाकर्मी भने यो घटनालाई झुटो भन्दै आएको छ ।
सरकारले यस घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन टोली गठन गरेको छ । टोली हिजोनै दार्चुला पुगेर काम थालेको गृह मन्त्रालयले जनाएको छ।
नेपाल र भारतकाे सीमा क्षेत्र व्यासका स्थानीय नेपाली भूमी हुँदै सदरमुकाम आउने बाटो नहुँदा भारतीय बाटाे हुँदै सदरमुकाम आउने गर्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस